झापामा भेटिए ४२ दाँत भएका किशोर (भिडियोसहित)

झापा । मानिसको मुखमा बढीमा ३२ वटा दाँत हुनुपर्ने हो । तर झापाका १५ वर्षीय किशोरको मुखमा भने ४२ वटा दाँत भेटिएको छ ।

काँकरभिट्टाका काब्य श्रेष्ठको ४२ वटा दाँत रहेको नोबेल अस्पताल विराटनगरमा उपचारको क्रममा पुष्टी भएको हो ।

काँकरभिट्टाकै मेची मोडल एकाडेमीमा कक्षा १० मा अध्ययरत रहेका श्रेष्ठको दाँत धेरै भएका कारण प्रष्ट बोली आउँदैन । उनी त्यति बोल्न पनि रुचाउँदैनन् ।

४२ वटा दाँत हुन्छ भन्दा आफूलाई पत्यार नलागेपनि उपचारको क्रममा पुष्टि हुँदा छक्क परेको आफन्तहरु बताउँछन् ।

अहिले तत्काल ४२ वटा दाँत भएपनि बोलीबाहेक अन्य केही समस्या नरहेको बताइएको छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!