भारतकाे मैनपुरी दुर्घटनामा १७ को मृत्यु, ३५ जना घाइते

नयाँदिल्ली, जेठ ३० । भारत उत्तर प्रदेशको मैनपुरीमा बुधवार बिहान भएको सडक दुर्घटनामा १७ जनाका मृत्यु भएको छ । घटनामा परि अन्य ३५ जना घाइते भएको भारतीय अधिकारीहरुले बताएका छन् ।

भारतीय सञ्चारमाध्यमहरुका अनुसार जयपुरबाट फर्रुखाबाद जादै गरेको दुई तले बस (डबल डेकर) प्राइभेट बस सडकमा पल्टिदा दुर्घटना भएको थियो ।

घाइतेहरुको थप उपचारका लागि सैफई मिनी पीजीआई रेफर गरिएको छ । घाइते मध्ये चार जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।

दुर्घटनामा १७ जनाको मृत्यु भएको र ३५ भन्दा बढी घाइते भएको सरकारी अधिकारीलाई उघृत गर्दै नवभारतटाइमले बताएको छ ।

कमेन्ट गर्नुहोस्

सम्बन्धित् समाचार  अमेरिकाले उत्तर कोरियालाई पुनः चरमपन्थीको समर्थन गर्ने देशको सूचीमा राख्ने
%d bloggers like this: