काश्मीर भिडन्तमा कमान्डरसहित ७ भारतीय सैनिकको मृत्यु

जम्मू, जेठ ३० । जम्मू–काश्मीरको अन्तराष्ट्रिय सीमा क्षेत्रमा युद्ध विरामको एकतर्फी उल्लघंन गर्दै पाकिस्तानले भारतीय सैनिक क्याम्पमा आक्रमण गर्दा सात जना भारतीय सैनिकको मृत्यु भएको छ । अक्रामणमा परि अन्य पाँच सैनिक घाइते भएकेा छन् ।

मंगलवार राती पाकिस्तानी रेन्जर्स फोर्सले अन्तर्राष्ट्रिय सीमाको साम्बा सेक्टरको चमलियाल पोष्टलाई लक्षित गर्दै गोलीबारी गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । आक्रमणमा परि भारतीय सेनाका एक कमाडेन्ट, सब–इन्स्पेक्टर र सीमा सुरक्षा बलका दुई जना सेनिकगरी चार जनाको मृत्यु भएको हो ।

त्यसैगरी बुधवार विहान फेरि सोही पोष्टमा पाकिस्‍तानी रेन्जर्सले गोलाबारुद गरेको थियो । सो आक्रमणमा परि बीएसएफका असिस्‍टेन्ट कमाडेन्ट जतिन्दर सिंह, असिस्‍टेन्ट सब इन्स्‍पेक्‍टर राम निवास र जवान हन्सराजको मृत्यु भएको जनाइएको छ ।

कमेन्ट गर्नुहोस्

सम्बन्धित् समाचार  प्रधानाध्यापकमाथि कक्षा १२ को विद्यार्थीले गोली हानी हत्या
%d bloggers like this: