कोरियाली प्रायद्विपमा सैन्य अभ्यास स्थगित

काठमाडौं, जेठ ३० । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरियाली प्रायद्विपमा जारी सैन्य अभ्यास स्थगितको घोषणा गरेका छन् ।

मंगलबार उत्तरकोरियाली सर्वोच्च नेता किम जङ–उनसँग सिंगापुरमा वार्र्ता गरेपछि आफ्ना मित्र राष्ट्रहरुलाई सुरक्षा प्रदान गर्ने प्रतिबद्धता अनुसार यो कदम चालेको बताइएको छ ।

राष्ट्रपतिको यो घोषणापति अमेरिकी रक्षामन्त्रालयले आफ्ना मित्रराष्ट्रहरुलाई सुरक्षा प्रदान गर्ने र कोरियाली प्रायद्विपमा शान्ति र स्थिरता कायम राख्न प्रतिबद्ध रहेको जनाएको हो ।

मंगलबार भएको ऐतिहासिक भेटवार्ताका क्रममा उत्तर कोरियासँगको ट्रम्पले गरेको सहमतिलाई लिएर सो क्षेत्रका अमेरिकाका सहयोगी राष्ट्र आश्चर्यमा परेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

वार्ताका क्रममा राष्ट्रपति ट्रम्पले दिएको ह्वाईटहाउस भ्रमणको निम्तो नेता किमले स्वीकार गरेको जनाएको छ ।

भेटवार्ताका क्रममा किमले पनि ट्रम्पलाई प्योङयाङ भ्रमणको निम्तो दिएका छन् । दुई नेताले आणविक निशस्त्रिकरण र क्षेत्रीय शान्तिबारे सहमतीपत्रमा हस्ताक्षर गरेका छन् । बीबीसी

कमेन्ट गर्नुहोस्

सम्बन्धित् समाचार  यौन दुर्व्यवहारको आरोप अस्वीकार
%d bloggers like this: