म्यासेडोनियाको नयाँ नाममा ग्रीसको सहमति !

काठमाडौं, जेठ ३० । २७ वर्ष लामो विवाद अन्त्य गर्दै ग्रीसले छिमेकि मुलुक म्यासेडोनियाको नयाँ नाममा सहमति जनाएको छ ।

युगोस्लोभियावाट केही समय पहिला छुट्टिएर बनेको मुलुकलाई रिपब्लिक अफ नर्थ म्यासेडोनिया नाम दिन ग्रीसले सहमति जनाएको हो ।

२७ वर्ष लामो पहल र विरोधपछि म्यासेडोनियाको नाममा ग्रीस सहमति भएको बताइएको छ । आफ्नो मुुलुकको पूर्वी भू–भागमाथि म्यासेडोनियाले दाबी गर्नसक्ने भन्दै ग्रीसले सो नाममाथि आपत्ति जनाउँदै आएको थियो ।

नेटो र युरोपियन युनियनमा सहभागीताका लागी म्यासेडोनियाको प्रयास विरुद्ध पनि ग्रिसले भिटो प्रयोग गरेको थियो ।

ग्रिस सरकार नयाँ नाममा सहमत भएपछि अब मेसेडोनियाका जनता र ग्रिक संसदले नयाँ नामसम्बन्धी प्रस्ताव पारित गर्नुपर्नेछ ।

संयुक्त राष्ट्रसंघबाट पुर्व युगोस्लाभ नामको पहिचान पाएको सो मुलुकले अब रिपब्लिक अफ नर्थ म्यासेडोनिया औपचारिक नाम पाएको छ ।

कमेन्ट गर्नुहोस्

सम्बन्धित् समाचार  ग्रीसमा डढेलोः मृत्यु हुनेको संख्या २४ पुग्यो, सयौं घाइते
%d bloggers like this: