नयाँशक्ति पार्टीः टुटफूटका दुई वर्ष

काठमाडौं, जेठ ३० । नयाँ शक्ति पार्टी स्थापना भएको आज दुई वर्ष पुगेको छ । पूर्वमाओवादी, सरकारी सेवाबाट सेवा निवृत्त कर्मचारी, कलाकार तथा विभिन्न पेशागत संघसंगठनमा आवद्ध रहेका व्यक्तित्वहरुलाई एकतृत गर्दै ०७३ मा डा. बाबुराम भट्टराईले नयाँ शक्ति पार्टी गठन भएको थियो ।

तर, यी दुई वर्षमा नयाँ शक्तिमा टुट र फुट्नेको राजनीतिले जरा गाडेको छ ।

पार्टी स्थापना दिवसका अवसरमा आज वानेश्वरदेखि बबरमहलसम्म र्याली निकालिएको थियो । र्यालीपछि नयाँ शक्ति पार्टी स्थापना दिवस तथा राष्ट्रिय युवा अभियानको राष्ट्रिय भेलाको उद्घाटन राजधानीको कार्की पार्टी प्यालेसमा चलिरहेको छ ।

यो छोटो अवधिमा पार्टीको स्पष्ट दृष्टिकोण नहुनु र कम्युनिस्ट स्कुलिङ र गैरकम्युनिस्ट स्कुलिङबीच अन्तद्र्वन्द्वले पनि नयाँ भनिएको शक्तिमा नयाँ रक्त सञ्चार हुन सकेन । पार्टी थप कमजोर हुँदै गयो ।

पार्टी नेपालको तेस्रो स्थापना दिवस तामझामका साथै मनाइदै गरेपनि स्थापनाका दुई वर्षमा संयोजक भट्टराई पार्टी अतिस्त्व रक्षाका लागि संघर्षरत छन् ।

स्थापनाकालका करीब धेरै जस्तो नेता र कार्यकर्ता नयाँशक्ति परित्याग गरी पुरानै पार्टी तत्कालीन माओवादी केन्द्रमा फर्किसकेका छन् । देवेन्द्र पौडेलदेखि खिमलाल देवकोटालगायतका पार्टीका धेरै कार्यकर्ताले डा भट्टराईको नेतृत्व र कार्यदिशाप्रति असहमति जनाउदै साथ छोडेका हुन ।

स्थापनाको तेस्रो वर्षगाँठ मनाउँदै गर्दा नयाँशक्ति खिइएर सानो भइसकेको छ । भने यसका संयोजक डा भट्टराई कहिले फोरम त कहिले धुव्रीकरणका कुरा गरिरहेका छन् ।

स्थापना दिवसका अवसरमा बुधबार नयाँ बानेश्वर नजिकबाट शुरु भएको पदयात्रा बिजुलीबजार हुँदै पार्टी कार्यालय बबहरमहलमा आएर समापन गरिएको थियो ।

पदयात्रामा मुलुकलाई समृद्ध बनाउनका लागि भ्रष्टाचारमुक्त समाज निर्माण, सामाजिक तथा आर्थिक रुपान्तरणका लागि विभिन्न सन्देश प्रचार गरिएको थियो ।

विभिन्न जाति, समुदायका सांस्कृतिक वेशभूषा तथा बाजागाजासहित सहभागीले उक्त यात्रामा रमाइलो गरेका थिए ।

पदयात्रामा केन्द्रीय नेतृत्वदेखि साधारण कार्यकर्तासम्म सहभागी थिए । विसं २०७२ जेठ ३० गते पूर्वप्रधानमन्त्री भट्टराईको संयोजकत्वमा उक्त पार्टी स्थापना भएको हो ।

स्थापना दिवसकै सन्दर्भमा सांस्कृतिक कार्यक्रम, शुभकामना आदानप्रदान, अन्तक्र्रिया तथा युवा भेला समेत गरिने बताइएको छ ।

कमेन्ट गर्नुहोस्