वीर नेपाली

गंगलाल धामी लामो समयदेखि रोजगारीको शिलशीलमा भारतमा हुनुहुन्छ । प्रवासमा भए पनि उहाँ देशको असाध्यै माया गर्नुहुन्छ । सानै देखि साहित्य सिर्जनामा कलम चलाउने धामी अहिले पनि थाक्नु भएको छैन । समयले भ्याएसम्म मनमा लागेका भावना कोर्न उहाँ पछि हट्नुहुन्न ।

पुस्तक नै प्रकाशन गर्न नसके पनि उहाँले थुप्रै सिर्जना रचना रच्नु भएको छ । विशेष गरी साहित्यप्रेमी धामी राष्ट्रिय भावनाले ओतप्रोत भएका सिर्जना रच्न रुचाउनुहुन्छ ।

यसका अलवा उहाँले थुप्रै मायाप्रेमका रचना पनि कोर्नु भएको छ । उहाँलाइ अधिकांशले चिन्ने नाम ‘साथीभाइ’ हो । गाउँघर होस् वा प्रदेश धामी ‘साथीभाई’को नामले परिचीत हुनुहन्छ । उहाँ सामाजिक सञ्जालको पारखी हुनुहुन्छ ।

प्रायः साथीभाइ फेसबुक चलाउनुहुन्छ । फेसबुकमा आफूले रचना गरेको सिर्जना पोष्ट पनि गर्नुहुन्छ । यसैविच आज हामीले उहाँले केही समयअघि रचना गर्नुभएको देशप्रति समर्पित सिर्जना प्रकाशन गर्ने जमर्को गरेका छौंः

देशको निम्ति मर्छु म रगत खोला नै बगाउँछ
हे नेपाल आमा तिमिलाइ यै मुटुमा सजाउँछु ।

गुराँस फूल्ने हिमाल कहिल्यै पनि झुक्दैन
नेपाली वीरको इमान कहिल्यै पनि बिक्दैन ।

चन्द्र-सूर्यको ध्वजा विश्वको शिरै माथीमा
सहन्नौ अन्याय ठोकी दिन्छौ गोली छातीमा ।

नेपाली वीर हो हामी दुश्मनको घाँटी रेट्नलाइ
लड्छौ जस्तो युद्ध पनि न्यायको प्यास मेट्नलाइ ।

अन्याय नेपाली गर्दैन न्यायमा पछाडी पर्दैन
दुश्मन सबै मारेर नेपाली वीर हो मर्दैन ।

-गगलाल धामी (साथीभाइ)
हालः ब्यङ्लोर, भारत

कमेन्ट गर्नुहोस्