दीपिकाको ३३ तलाको बिल्डिङमा भिषण आगलागी

भारतीय अभिनेत्री दीपिका पादुकोण बस्ने मुम्बईमा रहेको ३३ तलाको बिल्डिङमा भिषण आगलागी भएको छ ।

बिउमण्डे नामको बिल्डिङको ३२ औं तलामा आगलागी भएको हो । त्यस भवनमा आज दिउँसो २ बजेतिर आगो लागेको थियो । आगो निभाउनका लागि घटनास्थलमा प्रहरीका साथै दर्जनौँ दमकल खटाइएका छन ।

आगलागी भएको तला पूर्णरुपमा क्षतिग्रस्त भइसकेको छ । अहिलेसम्म मानवीय क्षतिको कुनै खबर भने आएको छैन ।

बिल्डिङको २८ औं तलामा अभिनेत्री दीपिका पादुकोणको फ्ल्याट रहेको छ ।

आगलागीको समयमा अभिनेत्री दीपिका घरमा थिइनन् । उनी कुनै कम्पनीको विज्ञापनको छायाँकंनका लागि घर बाहिर गएकी थिइन् । दीपिकाले सन् २०१० मा १६ करोड रुपैयाँमा उक्त बिल्डिङको फ्ल्याट किनेकी थिइन् । -एजेन्सी

कमेन्ट गर्नुहोस्