अर्घाखाँचीमा जीप दुर्घटनाः ११ जना घाइते, ५ गम्भीर

अर्घाखाँची, जेठ ३० । जीप दुर्घटना हुँदा जिल्लाको सितगंगा नगरपालिकामा ११ जना घाईते भएका छन् । दुर्घटना आज भएको हो । ठाडा अमराईबाट जुकेना हुँदै धनचौरतिर जाँदै गरेको लु १ ज १७६७ नम्बरको जीप वडा नं ५ जुकेना बंसेरीमा दुर्घटना भएको हो ।

दुर्घटनामा अर्घाखाँची मालारानी-७ का जीप चालक ३७ वर्षीय कमल जिसी, भूमिकास्थान नगरपालिका-१० की ४० वर्षीया धनिकला पुन, त्यसै ठाउँका १० वर्षीय रेसम गैरे, ४४ वर्षीय केशव पुन, ५५ वर्षीया सरस्वता गैरे, १२ वर्षीय रेशम गैरे घाईते भएका हुन् ।

त्यस्तै अन्य घाइतेहरुमा रूकुम त्रिवेणी गाँउपालिका-८, का २८ वर्षीय टेकम खड्का, काठमाडौं नागार्जुनका नगरपालिकाका ३२ वर्षीय दिपक बस्नेत, अर्घाखाँची सितगंगा-६, का ६४ वर्षीय दितलबहादुर नेपाली, ६२ वर्षीया जुनकला नेपाली, २२ वर्षीया समिता जिसी घाइते भएका छन् ।

घाइतेहरुमध्ये ५ जनाको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि बुटवल पठाइएको इलाका प्रहरी कार्यालय ठाडाले बताएको छ ।

अन्यको स्थानीय मेडिकलमा उपचार भैरहेको प्रहरीले जनाएको छ । जीपमा १२ जना सवार रहेको बताइएको छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!