सम्पत्तिको लोभमा भाइको हत्या !

बुटवल, जेठ ३० । भैरहवामा एक जना व्यक्तिले सम्पत्तिकै लागि भाइको हत्या गरेका छन् । नौ दिनअघि भएको युवकको हत्यामा आफ्नै दाजुको संलग्नता रहेको खुलेको हो ।

गत जेठ २१ गते राति सिद्धार्थनगर नगरपालिका ८ लेखनाथपथका सतिस साहनीको शंकास्पद मृत्यु भएको थियो ।

उक्त घटनाको अनुसन्धानका क्रममा प्रहरीले मृतकको दाजु सञ्जय साहनीले भाइ सतिसलाई निद्रा लाग्ने औषधी दूधमा मिसाएर सेवन गराई बेहोस बनाएपछि घांटी थिचेर हत्या गरेको खुलेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक डिल्लिनारायण पाण्डेले जानकारी दिए ।

सम्पत्तिको लोभले सैतेलो भाइको हत्या भएको अनुसन्धानमा खुलेको पाण्डेले बताए । हत्यामा संलग्नताको पुष्टी भएपछि सञ्जयलाई पक्राउ गरी अनुसन्धान सुरु गरिएको उनले बताए ।

कमेन्ट गर्नुहोस्

सम्बन्धित् समाचार  गैँडा मार्ने अभियुक्त सात वर्षपछि पक्राउ
%d bloggers like this: