बिदेशमा कस्को बिश्वास गर्न ? नेपाली द्वारा नेपाली माथी चक्कु प्रहार

मलेसिया ,जेष्ठ ३०।मलेसियामा कार्यरत जनकपुर पिराडी चोक ८ का ताहिर हुसेन माथी नेपालीले नै चक्कु प्रहार गरि घाइते बनाएका छन।

अबैधानिक रूपमा मलेसियाको जोहोर राज्यमा काम गर्दै आएका हुसेनलाई गत १ तारीख सर्लाही मलङ्वाका राजेस कुमार राहुत र मिर्चैयाका जितेन्द्र यादवले ज्यान लिने उदेश्य सहित आक्रमण गरेको पीडित हुसेनले बताएका छन।

एउटै कोठामा खाने बस्ने साथीहरूले घरमा समस्या पर्यो भनी आफू सङ पैसा लिएको र आफू घर फर्किन लाग्दा उक्त रकम मागे पछी नजिकैको चौरमा राती भेट्न बोलाएर एक्कासि चक्कु प्रहार गरि घाइते बनाएको हुसेनको भनाइ छ।
चक्कु प्रहार बाट गम्भीर घाइते भएका हुसेनलाई साथीहरूको सहयोगमा अस्पतालमा भर्ना गरिएको छ भने उनको घाटी र कोखमा गहिरो चोट लागेको छ । घटना बारे मलेसिया स्थित नेपाली दुतावासलाई जानकारी गराइसकेको र केही दिनमा आफू नेपाल फर्कने तयारी रहेको हुसेनले बताएका छन।

कमेन्ट गर्नुहोस्