नक्कली बाबु खडा हुँदा वडाअध्यक्ष पक्राउ !

सिन्धुपाल्चोक, जेठ ३० । नक्कली बाबु खडा गरी नेपाली नागरिकता प्रमाणपत्र सिफारिस गरेको आरोपमा हेलम्बु गाउँपालिका ६ साविकको इचोकका वडाअध्यक्ष खेतनाथ घिमिरे पक्राउ परेका छन् ।

मेलम्ची नगरपालिका-१० ज्यामिरे निवासी खुसी तामाङलाई नक्कली बाबु बनाएर हेलम्बु गाउँपालिका-६ इचोकबाट नागरिकता सिफारिस गरिएको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो ।

नक्कली बाबु खडा गरेर खुसी तामाङलाई स्थानीय आशाराम तामाङमार्फत वडा अध्यक्ष घिमिरेले नागरिकता सिफारिस दिएका थिए । नागरिकता सिफरिस पछि आशाराम दाइ बनेरै खुसीको नागरिकतासमेत बनाएको प्रहरीले जानकारी दिएको छ ।

नक्कली नागरिकता बनाएपछि उनीहरु दुवै जनालाई काठमाडौंको बौद्धमा प्रहरीले पक्राउ गरेर सिन्धुपाल्चोक पठाएको सिन्धुपाल्चोकका प्रहरी प्रमुख एसपी मोहनप्रसाद पोखरेलले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्