दिलबहादुर घर्ती बचाउन बेलायत र पोर्चुगलबाट १० लाख सहयोग

काठमाडौं, जेठ ३१ । अदालतले तोकेको ब्लडमनी तिर्न नसकेर साउदी अरबको जेलमा रहेका रोल्पाका दिलबहादुर घर्तीमगरलाई मृत्यदण्डबाट बचाउन बेलायत र पोर्चुगलबाट दश लाख बढी रकम संकलन भएको छ ।

राप्ती समाज यूकेको नेतृत्वमा आठ लाख ७५ हजार पाँच सय ५५ रुपैयाँ र पोर्चुगलमा रहेका नेपालीबाट एक लाख ३९ हजार पाँच सय ४१ रुपैयाँ संकलन भएको हो ।

बेलायतबाट उठेको सहयोग रकम बुधबार राप्ती समाज यूकेका अध्यक्ष हिक्मतसिंह रोकाले दिलबहादुर घर्ती बचाउन ब्लड मनी संकलन मूल समिति र दिलबहादुरकी पत्नीलाई संयुक्त रुपमा हस्तान्तरण गरेका छन् ।

पोर्चुगलबाट उठेको रकम पनि बुधबार नै त्यहिँ निवासी सुवास पुनले अभियानलाई हस्तान्तरण गरेका छन् । बुधबार नै नन्द घर्तीमगरको पहलमा संकलित १६ हजार, अर्जुन तिवारी १० र गंगा राईको पहलमा संकलित सात हजार रुपैयाँ पनि समितिलाई हस्तान्तरण गरिएको छ ।

रोल्पा नगरपालिका–१०, घर भएका दिलबहादुर दुई वर्षदेखि साउदीको जेलमा छन् ।

उनले चलाएको ट्रकमा साउदी नागरिकले चलाइरहेको कार ठोक्किन जादा साउदी नागरिकको मृत्यु भएपछि अदालतले दिलबहादुरको ७५ प्रतिशत गल्ती देखाइ मृतकका परिवारलाई २ लाख २५ हजार रियाल करिब ६५ लाख रुपैयाँ क्षतिपूर्ति दिन फैसला गरेको छ ।

सम्बन्धित् समाचार  संसद भवनमा प्रवेश गर्न खोजेका माल्दिभ्सका सांसदलाई सेनाले यसरी फाल्यो

साउदीस्थित नेपाली दूतावासले गरेको पुनरावेदनमा अदालतले गत चैत २२ गते पुरानै फैसलालाई सदर गरेपछि दिलबहादुरले मृतकका परिवारलाई ६५ लाख तिर्नैपर्ने भएको हो ।

दिलबहादुरको जीवन रक्षा तथा जेल मुक्त गर्न उपराष्ट्रपति पुत्र दिपेश पुनको नेतृत्वमा गठित ‘दिलबहादुर घर्ती बचाउनको लागि ब्लडमनी संकलन अभियान–२०७५’ले अभियानलाई जारी राखेको छ ।
दिलबहादुरको जीवन रक्षाका लागि सहयोग रकम जम्मा गर्न अभियानका मूल समिति संयोजक दीपेश पुन, सचिव जीवन रोकामगर र दिलबहादुरकी पत्नी मनिका बुढामगरको नाममा नेपाल राष्ट्रिय बाणिज्य बैंक, बालाजु शाखामा ११९००२८६०७१० नं को खाता खोलिएको अभियानले जनाएको छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: