हातहतियारसहित दुई पक्राउ

काठमाडौँ । महानगरीय प्रहरी परिसर काठमाडौँले हातहतियारसहित दुई जनालाई पक्राउ गरेको छ ।

परिसरको टोलीले ठमेल, ज्याठालगायतका क्षेत्रमा हातहतियार देखाएर डर त्रास दिई रकम असुल्दै हिँडेका काभ्रेका २६ वर्षीय देवकुमार थापा र धादिङका २९ वर्षीय कमल गुरुङलाई गएराति ठमेलको ज्याठा गल्लीबाट पक्राउ गरेको हो ।

प्रहरीले उनीहरुसँग एक थान रिभल्वर र एक थान खुकुरी बरामद गरेको छ । पक्राउ उनीहरुलाई परिसरबाट आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस

कमेन्ट गर्नुहोस्

सम्बन्धित् समाचार  महानगरका अधिकृत पौडेलको २१ दिनपछि शव भेटियो
%d bloggers like this: