५,१४५ किलोमिटर साइकल चढेर विश्वकप हेर्न रुस पुगे यी युवा

मस्को, विश्वकप क्रिकेटको क्रेजले विश्वभरी नै प्रभाव पारेको छ ।

बिभिन्न टिमका समर्थकहरुले जर्सीको प्रचार गर्ने कुरा सामान्य बनिसकेको देखिन्छ । विश्वकपका प्र्रशंसकहरुका एकपछि अर्को अनौठा व्यवहार अहिले देख्नमा आएका छन् ।

यस्तै गरेका छन, एकजना युवाले ।

कतिपसम्म भने उनले विश्वकप हेर्नका लागि मात्रै ५ हजार किलोमिटर भन्दा बढी साइकल यात्रा गरेर मस्को पुगेका छन् ।

आज साँझदेखि शुरु हुने विश्वकप फुटबल खेलमा साउदी अरब र रुसको भीडन्त हुँदै छ ।

यसरी यति लामो साइकल यात्रा गर्ने हुन फहद अलयाहया नाम गरेका युवा । फदद साउदी अरबका हुन । आफ्नो टीमलाई हौसला दिन उनी राष्ट्रिय झण्डा बोकेर साइकलमा रुस पुगेका छन् ।

यसका लागि उनलाई ७५ दिन लागेको मिडियाहरुले उल्लेख गरेका छन् ।

आफूसँग ल्याएको राष्ट्रिय झण्डा मस्को पुगेर साउदी राजदूतलाई सुम्पेको उनले बताएका छन् ।

मस्को पुगेर उनी सेन्ट पीटसबर्गमा रहेका साउद अरबका टीमहरुलाई भेटन पुगे ।

उनलाई साउदी अरब फुटबल महासंघका अध्यक्ष अदेल एजातले स्वागत गरे । बाटोमा निकै कष्ट सहनु परेपनि देशको इज्जत र शानका अगाडि त्यो केही नभएको उनले प्रतिक्रिया दिएका छन ।

कमेन्ट गर्नुहोस्