यी हुन विश्वकप हेर्न सकिने ४ नेपाली टिभी च्यानल

काठमाडौं, आजदेखि विश्वकप शुरु हुँदै छ । विश्वकपका लागि व्यग्र प्रतिक्षामा रहेका नेपाली फ्यानहरुलाई नेपालका ४ वटा टिभी च्यानलले प्रत्यक्ष प्रसारणको व्यवस्था गरेका छन् । नेपाल टेलिभिजन, कान्तिपुर एच.डि., डिशहोम एक्सन् स्पोर्टस् र एन.टि.भि. प्लसद्वारा फिफा विश्व कप म्याच प्रत्यक्ष प्रसारण हुनेछ ।

फुटबलको उन्माद संसार भरी बढिरहेको यस समयमा फिफा विश्वकप २०१८ को नेपालमा आधिकारीक इजाजत प्राप्त मिडिया हब प्रा.लि. ले नेपाली फुटबल फ्यानहरुका लागि ४ नेपाली च्यानलहरुमा विश्व कप प्रसारण गर्नेछ ।

मिडिया हब प्रा.लि.का कार्यकारी निर्देशक सोम धितालले भने, “ फिफा विश्वकप हेर्न विदेशी च्यानलहरुमा मात्रै निर्भर हुनुपर्ने समय अब गएको छ । अब नेपालीहरुले विश्व कप नेपाली एच.डि. च्यानलहरुमा नै प्रत्यक्ष हेर्न पाउने छन । हामीले हाम्रो दर्शकहरुको लागि निकालेको ‘राम्रो नै हेरौ, हाम्रो मै हेरौ’ भन्ने नारा हाम्रो पहलको लागि सबै भन्दा उपयुक्त रहेको छ ।”

कमेन्ट गर्नुहोस्