सामुदायिक विद्यालयको प्राथमिक तहमा १० हजार शिक्षक माग (विज्ञापनसहित)

काठमाडौं, असार ५ । शिक्षक सेवा आयोगले प्राथमिक तहमा मुलुकभरीका लागि करीब १० हजार जना शिक्षकका लागि आवेदन माग गरेको छ ।

गएको शुक्रबार आयोगले सामुदायिक विद्यालयको स्वीकृत रिक्त दरबन्दीमा खुला प्रतियोगितात्मक लिखित परीक्षाको माध्यमद्वारा स्थायी रूपले पदपूर्ति गर्नका लागि खुला र समावेशी गरी ९ हजार ९९६ पदमा प्राथमिक तह तृतीय श्रेणी, शिक्षक पदपूर्तिको लागि खुला प्रतियोगितात्मक परीक्षाको विज्ञापन गरेको हो ।

उम्मेदवारहरूले यस आयोगबाट निर्धारित गरिएको दरखास्त फाराम भरी सम्बन्धित जिल्ला प्रशासन कार्यालय, शिक्षा विकास तथा समन्वय इकार्इमार्फत दरखास्त पेस गर्न सक्ने आयोगले जनाएको छ ।

हेर्नुहोस कहाँ कति

कमेन्ट गर्नुहोस्

सम्बन्धित् समाचार  शिक्षक सेवा आयोग, कसरी गर्ने होला तयारी (भाग- १)
%d bloggers like this: