यौन स्वास्थ्य दुरुस्त राख्ने हो भने यी खानेकुरा भुलेर पनि नखानुहोस्

यस्ता केही खानेकुरा हुन्छन्, जुन हाम्रो स्वास्थ्यका लागि हानिकारक हुन सक्छन् । यी खानेकुराको बढी प्रयोगले शरीरमा कमजोरीपना आउने, मोटोपना बढ्ने, मुटु तथा मृगौलामा समस्याहरु आउने हुन सक्छन् ।

भारतीय एक आयुर्वेदका विशेषज्ञ डा. एस के यादवका अनुसार यी १० खानेकुरा जुन मर्दले खान नहुने अर्थात कम खानुपर्ने बताएका छन् ।

पुदिना : पुदिनामा मेंथोल नामक तत्व हुन्छ । यसको बढी प्रयोगले विपरीत लिङ्गीप्रति यौन प्रदर्शनमा प्रभाव पार्छ ।

डेरीजन्य उत्पादन कम खानुस् : सन् २००३ मा जोन होपकिन्स विश्वविद्यालयको एक अनुसन्धानका अनुसार डेरीजन्य खाने कुराको बढी प्रयोगले प्रोस्टेट क्यान्सर हुने सम्भावना बढी हुने गरेको पाइएको छ ।

चिल्लो तथा जंक फुड : बढी मात्रामा चिल्लोपना तथा बाहिर राखिने जंक फूडको सेवनले कोलेस्ट्रोलको मात्रा बढ्ने क्यालिफोर्निया विश्वविद्यालयको एक शोधमा उल्लेख गरिएको छ ।

कफी तथा कोल्ड ड्रिङ्कस् : कफी तथा गर्मी महिनामा खाइने चिसो पेय पदार्थको सेवन पनि हानिकारक हुने गरेको एक अध्ययनले देखाएको छ । यसको बढी प्रयोगले बीर्य उत्पादनमा कमी आउँछ ।

सम्बन्धित् समाचार  रोटी चिसो भएर हैरान हुनुहुन्छ, यसरी राख्नुहाेस् तातै

अल्कोहल : अमेरिकाको नेशनल इन्सटिच्युट अफ हेल्थका अनुसार अल्कोहलले पुरुषमा हुने सन्तानोत्पादनको क्षमतामा ह्रास आउँछ । एजेन्सीको सहयोगबाट

कमेन्ट गर्नुहोस्

%d bloggers like this: