जर्मनीका लागि अन्तिम मिनेटको गोल नै निर्णायक, स्वीडेन २-१ ले पराजित

मस्को । अन्तिम मिनेटमा जीत दर्ता गर्दै जर्मनीले अघिल्लो चरणको संभाबना बलियो बनाएको छ । खेलको पहिलो हाफमा एक गोलले पछि परेको जर्मनीले दोश्रो हाफको सुरुमै गोल फर्कायो । निर्धारित ९० मिनेटमा गोल गर्न नसकेको जर्मनीले अतिरिक्त समयको अन्तिम मिनेटमा फ्रिकिकमा गोल गर्दै जीत दर्ता गरेको हो । टोनी क्रुसले अतिरिक्त समयको पाँचौ मिनेटमा गोल गरे ।

खेलको ८२ औं मिनेटमा जर्मनी १० खेलाडीमा सिमित भएको थियो । जोरेम बोटिङ दोहोरो पहेंलो कार्ड खाँदै बाहिरिएका थिए। खेलको ३२ औं मिनेटमा स्वीडेनले अग्रता लिए पनि त्यसलाई जोगाउन सकेन । यो खेल जितेको भए स्वीडेन अन्तिम खेल अघिनै नकआउट चरणमा पुुग्ने थियो । यो नतिजासँगै जर्मनी र मेक्सिको र स्वीडेन मध्य एक बाहिरिने छन् । कोरियाको भने अघिल्लो चरण कठिन छ ।

उसले अन्तीम खेल जर्मनीसँग खेल्दै छ । स्वीडेन र मेक्सिकोले अन्तिम खेल खेल्ने छन् । पहिलो हाफको ३२ औं मिनेटमा १ गोलले पछि परेको जर्मनीले दोश्रो हाफको ४८ औं पिमनेटमा मार्को रेइसको गोलमा बराबरी गरेको हो । स्वीडेनका लागि ३२ औं मिनेटमा ओला टोभिनेन्टले गोल गरे ।

जर्मनी पहिलो खेलमा मेक्सिकोसँग १–० गोलले पराजित भएको थियो । यो खेल जितेपनि अन्तिम खेलको नतिजामा भर पर्नु पर्ने छ । यो समूहमा मेक्सीकोको ६ तथा स्वीडेन र जर्मनीको समान ३ अंक छ । -एजेन्सी

कमेन्ट गर्नुहोस्