निर्धन संस्थाद्वारा साबुन बनाउने तालिम सम्पन्न

काठमाडौं । निर्धन संस्थाले भूकम्प प्रभावित क्षेत्र टिकाथली तथा ठेचोका १६ जना विपन्न गरीब महिलाहरुको सहभागितामा २०७५ असार ७ गतेदेखि ८ गतेसम्म ललितपुर जिल्लाको टिकाथलीमा ‘साबुन बनाउने तालिम’ सम्पन्न गरेको छ ।

उक्त तालिम सम्पन्न गरेको निर्धन संस्थाका प्रमुख कार्यकारी अधिकृत अन्जु पाण्डे पन्तले जानकारी गराएकी थिईन । यस तालिममा प्रशिक्षिका लक्ष्मी राई, प्रशिक्षिका सपना भुलुन रहेका थिए ।

तालिमको समापन सत्रमा सहभागीहरुको तर्फबाट विष्णुमाया भण्डारी, कल्पना तामाङ, अप्सरा थापा, शान्ति महतले तालिमको मूल्याकंन गरेका थिए । यस साबुन बनाउने तालिम फाईदाजनक तालिम रहेको तालिमका सहभागीहरुले बताएका थिए ।

प्रशिक्षिका लक्ष्मी राई, ग्लोबल पिस फाउण्डेसनका कार्यक्रम अधिकृत सुस्मित सुनुवार, निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड टिकाथली शाखाका प्रमुख वन्दना ज्ञवाली, निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड ठेचो शाखाका प्रमुख हिरालाल विकले समापन सत्रमा मन्तब्य दिएका थिए । मन्तव्यका क्रममा यस तालिममा लिएका सीपलाई व्यवहारमा उतार्न, सिकेका सीपबाट आयआर्जन तथा ब्यवसायिक रुपमा गरी अर्थोपार्जन गर्न, सुरुवातमा खर्च कम गर्न २–३ जना मिलेर गर्न वक्ताहरुले सुझाएका थिए ।

सम्बन्धित् समाचार  आजदेखि नयाँ नोट पाइने, कुन-कुन बैंकमा साट्न पाइन्छ ?

निर्धन संस्थाका प्रमुख कार्यकारी अधिकृत अन्जु पाण्डे पन्तले सहभागीहरुलाई प्रमाणपत्र वितरण गर्नुका साथै समापन मन्तब्य दिएकी थिईन । निर्धन संस्थाका प्रमुख कार्यकारी अधिकृत अन्जु पाण्डे पन्तले वि.सं.२०४७ मा स्थापित यस निर्धन संस्थाले वि.सं. २०४९ सालमा नेपालमा सर्वप्रथम लघुवित्त कार्यक्रम सुरुवात गरी वि.सं. २०५६ श्रावण १ गते विधिवत रुपमा लघुवित्त सम्बन्धी सम्पूर्ण वित्तीय कारोवार निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडलाई हस्तान्तरण गरेपश्चात मातृ संस्था निर्धनले ग्रामीण क्षेत्रका गरीब, विपन्न, असहाय, शोषित, उत्पिडित महिलाहरुको आर्थिक, सामाजिक तथा मानसिक विकास गर्नका लागि विभिन्न किसिमका सीप विकास तालिम, उद्यमशीलता विकास तालिम, ब्यवसाय विकास सेवा कार्यक्रम वित्तीय साक्षरता तालिम र सचेतनामूलक कार्यक्रम आदि संचालन गर्दै आई रहेको समेत जानकारी गराएकी थिईन ।

निर्धन संस्थाको आयोजना तथा निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको संयोजनमा संचालन भएको उक्त तालिमको समापन सत्रको संचालन निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडका वरिष्ठ ब्यवस्थापक पवन कुमार श्रेष्ठले गरेका थिए । वि.सं. २०४७ चैत १७ गते स्थापित निर्धन संस्थाले नेपालमा पहिलो पटक सुरुवात गरेको लघुवित्त कार्यक्रम २०७४ चैत १ गते २५शौं वर्ष पार गरी छब्बीसौं वर्षमा प्रवेश गरेको छ । निर्धन संस्थाले सुरुवात गरेको लघुवित्त कार्यक्रमलार्इँ निर्धन उत्थान लघुवित्त वित्तीय लिमिटेडले निरन्तरता दिंदै आई रहेको छ ।

सम्बन्धित् समाचार  यसरी बढ्दैछ बैंकहरुको निक्षेप लागत, कर्जा निक्षेप अनुपात र आधार व्याजदर

यस तालिममा सहभागीहरुले लुगाधुने साबुन बनाउने तथा झोल साबुन बनाउने सीप सिकेका थिए । यस तालिममा सहभागीहरुले जानकारी हासिल गरेको निर्धन संस्थाका कार्यक्रम अधिकृत मनिष कोनाजोले जानकारी गराएका थिए ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: