मोरङमा भेटिए संसारकै अचम्म व्यक्ति ! (भिडियोसहित)

मोरङ उर्लाबारी ५ झुम्राका यज्ञबहादुर कटवालले अदभूत कला प्रस्तुत गरेका छन् । उनले जिब्रोलाई निधारसम्म पुर्याएर सबैलाई अचम्मित बनाएका हुन् ।

सामान्य त मानिस जिब्रोलाई नाकको डाडोसम्म पुर्याउनु नै मुस्किल पर्दछ तर यि युवाले भने निधारसम्म पुर्याएर सबैलाई चकित बनाएका हुन् । उनको नाकको डाडो सामान्य मानिसको भन्दा भिन्न रहेको छ ।

एकदमै सानो उनको नाकबाट किराहरु निस्केको उनले बताए । सानैदेखि नाक सानो नै रहेको भएपनि केहि समस्या नभएको त तर केहि समय यता भने किरा निस्कन थालेको यज्ञबहादुरले बताए ।

आर्थिक अवस्था नाजुक भएका उनले जसोतसो गरेर नोबेल हस्पिटल मोरङमा नाक भित्र रहेको किराको उपचार गराएका छन्, पूरा भने नभएको उनले बताएका छन् । उनको टाउको ढुङ्गा भन्दा साह्रो छ भने अहिलेसम्म दातको नाममा एउटा मात्र छ ।

गाउँमा ईकु नामले परिचित उनलाई फिल्मको लागी पनि अफर आएको उनले बताए । उनलाई आफूभित्र रहेको अदभूत कला फिल्म मार्फत आम दर्शक माझ पुर्याउने रहर रहेको छ ।

हेर्नुस् भिडियो-

कमेन्ट गर्नुहोस्