प्रेमिकाले विश्वकप हेर्न जान दिइनन्, साथीहरूले यसरी लगे

साथीहरूले कार्डबोर्डमा छापिएको उनको पूर्णकदको चित्र लिएर विश्वकप हेर्न गएपछि मेक्सिकोका यी व्यक्तिले ख्याति कमाएका छन्।

प्रेमिकाले अनुमति नदिएपछि हाभिएर आमाडोरले साथीहरूसँग रुस जाने योजना स्थगित गरेका थिए।

उनलाई गिज्याउन भनेर साथीहरूले चाहिँ उनको चित्र आफूसँगै लगे।

सामाजिक सञ्जालमा हाभिएर र उनको चित्रबारे व्यापक चर्चा भएको छ। फुटबलप्रेमी र प्रहरीहरू पनि उनको चित्रसँग तस्बिर खिच्न लालायित देखिन्छन्। बीबीसी

कमेन्ट गर्नुहोस्