काठमाडौंमा कडा खालको हैजाका बिरामी

काठमाडौं, असार १३ । दुई साता यता, काठमाडौंमा कडा खालका हैजाका बिरामी भेटिएको चिकित्सकहरुले बताएका छन् ।

राजधानीको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल पुगेका बिरामीमध्ये चार जनामा कडा खालको हैजा भेटिएको हो ।

दूषित खानेपानी तथा फोहोर खानेकुराको प्रयोगले झाडापखालाका बिरामीसँगै हैजाका बिरामी बढ्न सक्ने अस्पतालका रिसर्च युनिटका संयोजक डा शेरबहादुर पुनले बताउनुभयो । काठमाडौं उपत्यकामा हैजा फैलन नदिन सर्तकता अपनाइएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।

विश्वभर वर्षेनी १३ देखि ४० लाख हैजाका बिरामी भेटिने गरेको तथा २१ हजार देखि १ लाख ४३ हजार मानिसको मृत्यु हुने गरेको विश्व स्वास्थ्य संगठन डब्लुएचओले जनाएको छ । हैजाबाट बच्न शुद्ध पानीको प्रयोग गर्न र सरसफाईमा ध्यान दिन डा पुनको सुझाव छ । कान्तिपुरबाट

कमेन्ट गर्नुहोस्

सम्बन्धित् समाचार  नागढुङ्गाबाट लागुऔषधसहित पक्राउ
%d bloggers like this: