बजारमा ह्वात्तै घट्यो सुनको मूल्य !

काठमाडौं । साताको अन्तिम दिन अर्थात शुक्रबार प्रतितोला सुनको मूल्य तीन सय रुपैयाँले घटेको छ ।

बिहीबार छापावाल सुन प्रतितोला मूल्य ५७ हजार ८ सय रुयैयाँमा कारोबार भएको थियो, आज घटेर प्रतितोला ५७ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ।

बिहीबार तेजावी सुन प्रतितोला ५७ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो भने आज घटेर सुन प्रतितोला ५७ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, शुक्रबार पनि चाँदीको मूल्य भने यथावत नै रहेको छ।

बिहीबार चाँदी प्रतितोला मूल्य ७६५ रुपैयाँमा कारोबार भएको थियो भने आज पनि ७६५ रुपैयाँमै कारोबार भइरहेको छ ।

कमेन्ट गर्नुहोस्