कोरियन भाषा परीक्षाको नतिजा सार्वजनिक, कुन क्षेत्रमा कति पास ? [नतिजासहित]

काठमाडौं, असार १५

अागामी वर्ष (सन् २०१९) का लागि लिइएको ईपीएस कोरियन भाषा परीक्षाको नतिजा प्रकाशित भएको छ । ईपीएस कोरिया शाखाले गत जेठ २६ र २७ मा लिएको परीक्षाको नतिजा प्रकाशित भएको हो ।

यो वर्ष कल सात  हजार ९ सय ९६ जना परीक्षार्थी उर्त्तीण भएको इपीएस कोरिया शाखाका प्रवक्ता शोभाकर भण्डारीले जानकारी दिए । यो वर्ष कारियाले ७ हजार १ सय नेपाली कामदारको कोटा दिएको थियो ।

कोटाभन्दा झण्डै ९ सय बढी परीक्षार्थी उत्तीर्ण भएका छन् । जसमा कृषिमा २ हजार ९६८ र उत्पादन क्षेत्रमा ५ हजार २८ जना उत्तीर्ण भएका छन् । सन् २०१९को लागि भएको कोरियन भाषा परीक्षामा ७४ हजार ८ सय ६६ जना सहभागी भएका थिए ।

नतिजा हेर्न यहाँ क्लिक गर्नुहोस्

कमेन्ट गर्नुहोस्

सम्बन्धित् समाचार  कोरियन भाषा परीक्षाको केन्द्र कहाँ-कहाँ तोकियो ? (हेनुहोस् तालिका)
%d bloggers like this: