ग्राण्डीको छतमा विरामी बोकेको हेलिकप्टर दुर्घटना

काठमाडौं, असार १७ । काठमाडौंको एक अस्पतालको छतमा हेलिकप्टर दुर्घटना भएको छ । धापासीस्थित ग्राण्डी इन्टरनेसनल हस्पिटलको छतमा ल्याण्ड गर्ने क्रममा हेलिकप्टर दुर्घटना भएको हो । दुर्घटनाबाट मानबिय क्षती भने भएको छैन ।

बिरामी बोकेर ल्याएको सिम्रिक एयरको हेलिकप्टर शनिबार दिउँसो ल्याण्ड गर्ने स्थानभन्दा अन्यत्र खसेको थियो। अस्पताल प्रशासनका अनुसार ल्याण्ड गर्नेक्रममा निश्चित स्थानभन्दा हेलिकप्टर केही पर पुगेको थियो । अस्पतालका सञ्चार हेर्ने अधिकृत विनोद अधिकारीले ल्याण्ड गर्ने क्रममा हेलिकप्टर केही पर पुगेको जानकारी दिए ।

कमेन्ट गर्नुहोस्