दाँत भनेका बुढेसकालका असल साथी हुन् !

डबलबहादुर धामी । भनिन्छ दाँत बलियो भयो भने आँट बलियो हुन्छ। त्यसैले पनि त देशविदेशका शोधखोजकर्ताहरुले  भनेका छन् यदि दाँतलाइ समय समयमा  राम्रो हेरचाह गर्यो भने र अलिकति दाँतमा  खराबी  आउने बित्तिकै सहि उपचार गर्ने हो भने  यसको आयू १०० वर्ष भन्दा बढी हुन्छ ।

राम्रा दाँत भएमा बुढेसकालमा अरु शरीरका अंग कमजोर भएको बेला शरीरलाइ आबश्यक पर्ने खानेकुराहरु सजिलै  चपाएर खान सकिन्छ र शरीरलार्इ बलियो बनाएर धेरै बाँच्न  सकिन्छ।

राम्रा दाँत भएमा बुढेसकालमा अरु शरीरका अंग कमजोर भएको बेला शरीरलाइ आबश्यक पर्ने खानेकुराहरु सजिलै  चपाएर खान सकिन्छ र शरीरलार्इ बलियो बनाएर धेरै बाँच्न  सकिन्छ। 

जसरि हामी छोरा-छोरीको ख्याल राख्छौ पढाउछौ, लेखाउँछौ, उनीहरुको लागि दुःख कस्ट सहन्छौ   ताकी बुढेसकालको सहारा बनोस भनेर, तर धेरै छोराछोरीले तपाईलाइ बुढेसकालमा वृद्धाआश्रममा छोडिदिन्छ त्यसपछि तपाईको साथी सहारा केवल दाँत हुनेछन ।

विभिन्न शोधकर्ताहरुले पनि जसका दात स्वस्थ छन् चपाउन योग्य छन् तिनीहरुको बुढेसकाल सुखदायी र स्वस्थ हुन्छ भन्ने मान्यता राख्छन। त्यसमा सत्यता छ । त्यसैले हामी सबैले आफ्नो दाँतको बारेमा जानकारी राख्नु जरुरी छ । साथै दातलाइ  कसरि  स्वच्छ सफा र सफा राख्ने  भन्ने कुरा जान्नु पनि अति आवश्यक छ ।

यो आलेखमा दाँत के  हो ? कसरि दातमा समस्या आउछन ? दाँतलाइ सफा राख्न के गर्नुपर्छ ? कुन-कुन समयमा दाँतको ख्याल बढी गर्नु पर्छ ? कस्तो दाँत निकाल्ने ? दाँत बचाउने विभिन्न उपचार बिधि के हुन् आदि बारेमा जानकारी गराउने छु।

हाम्रो शरीरका अन्य अंग जस्तै  दांँत पनि  एक अभिन्न अंग हो । यो अंगले हाम्रो शरीरलाइ आवश्यक पर्ने खानेकुरालाई चपाएर पाचन योग्य बनाउँछ । यति मात्रै होइन दाँतले चपाउनुका साथै बोल्नमासौन्दर्यता बढाउनमा  महत्वपूर्ण भूमिका निभाएको हुन्छ ।

हाम्रो शरीरका अन्य अंग जस्तै  दांँत पनि  एक अभिन्न अंग हो । यो अंगले हाम्रो शरीरलाइ आवश्यक पर्ने खानेकुरालाई चपाएर पाचन योग्य बनाउँछ । यति मात्रै होइन दाँतले चपाउनुका साथै बोल्नमा, सौन्दर्यता बढाउनमा  महत्वपूर्ण भूमिका निभाएको हुन्छ ।

दाँत बिशेष गरी दुर्इ प्रकारका हुन्छन्, बच्चामा हुने २० वटा दाँत अर्थात् दुधे दाँत त्यस्तै, युवामा ३२ वटा दाँत हुन्छन् जसलाई स्थायी दाँत भनिन्छ । दुधे दाँत ६ महिना देखि १३ वर्षसम्म रहन्छन् र क्रमिकरुपमा अस्थायी दाँत झरेर स्थायी दाँत आउँछन्।

दाँतको बनावट  हेर्ने  हो भने दाँतको सबैभन्दा बाहिरको भागलाई इनामेल भानिन्छ । यो सबैभन्दा बलियो पनि हुन्छ । यो भाग मोति जस्तै टल्किने र दाँतलाइ चम्किलोपन दिइराख्छ । त्यसपछिको भागलाई डेन्टिन भनिन्छ जसमा सानासाना झोल जस्तो पदार्थले भरिएका  टिउबुल हुन्छन् । दाँतको सबैभन्दा भित्रि भागलाई पल्प भनिन्छ जसमा हाम्रो शरीरको रक्तसञ्चार  प्रणाली र स्नायु प्रणालीसँग जोडिएको हुन्छ । त्यसैले दाँतको बाहिरी भागमा खराबी आएमा वा किरा (ब्याक्टेरिया) लागेमा दाँत दुख्दैन र हामीलाई थाहा हुदैन।

दाँत दुख्न थाल्छसुन्निन्छचपाउन गाह्रो हुनेपिप जम्ने र अरु ठाउँमा सर्ने आदि हुन्छ। त्यसैले समयमै दन्तरोग विशेषज्ञसँग सल्लाह लिएर उपचार गरिहाल्नु पर्छ ।

यदि दाँतको त्यो भागमा किरा लागेमा छिटो उपचार गर्नुपर्छ । पल्प हाम्रो शरीर एक नरम भाग हो । उपचार पाइन भने यसमा सजिलै ब्याक्टेरियाले हानी पुर्याउछ । दाँत दुख्न थाल्छ, सुन्निन्छ, चपाउन गाह्रो हुने, पिप जम्ने र अरु ठाउँमा सर्ने आदि हुन्छ। त्यसैले समयमै दन्तरोग विशेषज्ञसँग सल्लाह लिएर उपचार गरिहाल्नु पर्छ ।

कसरी दाँत सफा राख्नेः

दाँतलाई सफा राख्ने सबैभन्दा सजिलो उपाय बिहान बेलुका खान खाइ सकेपछी नियमित फ्लोराइडयुक्त टूथपेस्टले माझ्नु पर्छ । केहि खानेकुरा खाइसकेपछी राम्ररी कुल्ला गर्नु पर्छ । यी दुई कुरा नगरेमा हामीले खाएको खाना  दाँतको  कुनाकुनामा गएर बस्छ र जम्न थाल्छ साथै ब्याक्टेरियाले त्यस्लाई कडा बनाउछ । जब हामीले खाना चपाउँछौ तब यो कडा भाग दाँत र गिजाको भागमा घुस्छ र क्रमिकरुपमा  गिजालाई दाँतबाट अलग पार्दै जान्छ। दाँत र गिजाको बीचमा ब्याक्टेरियाले भरिएको खानेकुरा जब पसी रहन्छ त्यसैबेला गिजा पाक्ने  गिजाबाट रगत आउने दाँत हल्लिने, दाँत सिरिगसिरिग हुने, सास गन्हाउने आदि  हुन्छ ।

कुनै पनि शरीरलाइ चाहिने तत्व मुखबाटै लिइरहेका हुन्छौ र बाहिरीका किटाणुहरु हाम्रो शरीरमा जान्छन र  संक्रमण फैलाउछन । त्यसैले त मुखको स्वास्थ्यमा विशेष ध्यान दिन आवश्यक छ ।

यो क्रम बढ्दै गइ दाँत अडिएको हड्डीसम्म संक्रमण  हुन जान्छ र दाँत हल्लिन्छ र खाना चपाउन नमिल्ने भै झर्छ । साथै,  सक्रमण फैलिदै मस्तिष्क, फोक्शो मुटु र कलेजो हुँदै सर्छ र मान्छेमा  अनेक रोगहरु देखा पर्छन । अर्को कुरा के छ भने हाम्रो भित्रि शरीर  मुखद्वारा नै बाहिरी वातावरणसँग प्रत्यक्ष जोडिएको हुन्छ ।  कुनै पनि शरीरलाइ चाहिने तत्व मुखबाटै लिइरहेका हुन्छौ र बाहिरीका किटाणुहरु हाम्रो शरीरमा जान्छन र  संक्रमण फैलाउछन । त्यसैले त मुखको स्वास्थ्यमा विशेष ध्यान दिन आवश्यक छ ।

सफा दाँत नै सभ्यताको प्रतिक मानिन्छ । त्यसैले समयसमयमा दात सफा गरी रहनुपर्छ । दश बाह्र वर्षको उमेरमा सबैभन्दा बढि गीजाको समस्या देखिने गरेको छ । यो समस्या किन देखिन्छ भने हाम्रो मुखमा अस्थायी र स्थायी दाँत बाङ्गाटिङ्गा भएर बसेका हुन्छन् जसलाई मिक्स डेन्टिसन पिरेड  भनिन्छ ।

स्थायी दाँत पूरै आइसकेपछि फेरी एक पटक दन्त चिकित्सक कहाँ गएर सफा गराएमा दाँत र गीजा त सफा हुन्छ नै स्वास्थ्यमासमेत यसले प्रभाव पार्छ ।

यो अवस्थामा दाँतमा फोहोर र खाने कुरा सजिलै पस्छ । र, ब्याक्टेरियाले सजिलै गीजामा सक्रमण पुर्याउछ । त्यसकारण यो बेला हामीले दन्त चिकित्सक  कहाँ गएर सल्लाह लिई दाँत सफा गरेमा दाँत र गीजाको सम्बन्ध बलियो हुन्छ । साथैं, दाँत चिटीक्क देखिन्छ । अर्को कुरा स्थायी दाँत पूरै आइसकेपछि फेरी एक पटक दन्त चिकित्सक कहाँ गएर सफा गराएमा दाँत र गीजा त सफा हुन्छ नै स्वास्थ्यमासमेत यसले प्रभाव पार्छ ।

यस्तै, ३० पैतींस वर्षको उमेरमा फेरी एक पटक दाँतको अवस्था बुझ्नु पर्छ । यो समयमा दाँतको अवस्थाबारे सहि दन्त चिकित्सकको सल्लाह लिएमा तपाईको दाँत जीवनभरी बलियो नहुनेमा दुई मत छैन ।

साथै,  दाँतमा कुनै खराबी देखिएमा निकाल्नुको साँटो  त्यसलाई जोगाउन सकेमा बुढेसकालको गतिलो सहारा बन्न सक्छ ।

हाम्रो समाजमा चेतनाको अभाबमा  दाँत दुख्यो कि निकालेर फाल्ने  चलन छ । यो कार्य एकदमै खराब बानी हो । के हामी औंलाको नङमा खराबी हुँदा हातै काटेर फाल्छौ त रु हो त्यस्तै हो दाँत पनि। 

हाम्रो समाजमा चेतनाको अभाबमा  दाँत दुख्यो कि निकालेर फाल्ने  चलन छ । यो कार्य एकदमै खराब बानी हो । के हामी औंलाको नङमा खराबी हुँदा हातै काटेर फाल्छौ त रु हो त्यस्तै हो दाँत पनि। त्यहि भएर ‘न रहेगा बास नाबजेगी बाँसुरी’  भन्ने  उखानलाई  अनुशरण गर्नुभयो भने बुढेस कालमा दुख्ख पाउनुको अर्को विकल्प छैन ।

त्यसकारण अहिले नै दाँतको सहि उपचार र दाँत बिग्रीन दिनुभन्दा पहिले नै स्वस्थ राख्ने योजना बुन्नु पर्छ । अहिले बाँसुरी बचाएर बाँसुरीको धुनमा मिठो गित गाएर लट्ठ पर्न तिर लाग्ने समय हो ।

दाँत बचाउने विभिन्न बिधि छन्जस्तैः दाँतको जरादेखि उपचार गरि कहिले नदुख्ने बनाउनेकमजोर दाँत छ भने दाँतको खोल हाल्नेगीजा कमजोर छ भने सर्जरी गरेर बलियो पर्नेबांगाटिंगा दाँतलाई मिलाएर फोहोर जम्न नदिनेसमयसमयमा दाँतको जाँच गरी राख्नेदिनहुँ राम्रोसँग ब्रस गर्ने गर्नुपर्छ ।

दाँत बचाउने विभिन्न बिधि छन्, जस्तैः दाँतको जरादेखि उपचार गरि कहिले नदुख्ने बनाउने, कमजोर दाँत छ भने दाँतको खोल हाल्ने, गीजा कमजोर छ भने सर्जरी गरेर बलियो पर्ने, बांगाटिंगा दाँतलाई मिलाएर फोहोर जम्न नदिने, समयसमयमा दाँतको जाँच गरी राख्ने, दिनहुँ राम्रोसँग ब्रस गर्ने गर्नुपर्छ ।

यतिमात्रै होइन जता पायो त्यतै च्याउँ झैँ  उम्रेका योग्यता बिनाका  डेन्टल उपचार केन्द्रमा उपचार  गराउनुहुन्न । दाँतको उपचार गर्नुपूर्व साँच्चीकै दन्त चिकित्सक हुन् या होइनन् भन्नेबारे बुझ्ने । अहिले दाँतसम्बन्धी ज्ञान नै नभएका व्यक्ति पनि दन्तचिकित्सक भनेर दाबी गर्ने गरेका छन् । त्यसकारण यो विषयमा गम्भीर बन्नुपर्छ । ठूलाठूला ब्यानरका  देखेर दाँतको उपचार होइन दन्त चिकित्सक होकि होइन यसबारे सचेत हुनुपर्छ ।

 लेखक धामी दन्तचिकित्सक हुन् । उनी धनगढी स्थित गौरीशंकर डेन्टल क्लिनिक प्रा.लिमा कार्यरत छन्  ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!