भाइरल भयो क्रिकेटर शिखर र हार्दिकको बाथरुम डान्स (भिडियोसहित)

एजेन्सी । भारतीय क्रिकेटका स्टार अलराण्डर हार्दिक पाण्डे र ओपर शिखर धवन खेलमा आक्रामक नजरमा देखिन्छन् । तर, सोमबार भने ती दुवै खेलाडीलाई फरक शैलीमा देख्न पाइयो । त्यो पनि बाथरुममा डान्स गरिरहेको अवस्थामा ।

हार्दिकले आफ्नो सामाजिक सञ्जालमा सेयर गरेको भिडियोमा दुवैले विन्दास तरिकाले बाथरुमा नृत्य गरेको देखिन्छ । क्रिकेट दुनियाँमा ‘गब्बर’ नामले परिचीत शिखर र हार्दिकले यो भिडियोमा खूब रमाइलो गरेका छन् । अहिले शिखर र पाण्डेको डान्स भाइरल भएको छ ।

सेयर गरेको भिडियोमा हार्दिकले लेखेका छन्, ‘म र शिखर याक्सनमा छौं, हामी दुई डान्स र गित खूब मन पराउँछौं ।’ हार्दिकले उक्त भिडियो शिखरलाईसमेत ट्याग गरेका छन् । भारत र इग्ल्याण्डबीच भोलीदेखि ३ टी-२०, तीन एक दिवशीय र ५ टेस्ट म्याच शुरु हुँदै छ । हार्दिक र शिखर पनि टिममा सामेल छन् । हेर्नुस्, शिखर र हार्दिकको बाथरुम डान्स-

कमेन्ट गर्नुहोस्