नेपालको इञ्जिनियरिङ एण्ड म्यानेजमेण्ट कलेजले फ्रान्समा पायो ‘अन्तर्राष्ट्रिय क्वालिटी अवार्ड’

चितवन, असार १८ । चितवनको गैंडाकोटमा रहेको अक्सफोर्ड कलेज अफ इञ्जिनियरिङ एण्ड म्यानेजमेण्टले आइतबार फ्रान्समा अन्तराष्ट्रिय क्वालिटी अवार्ड प्राप्त गरेको छ ।

अठार वर्षदेखि विज्ञान र व्यवस्थापन सङ्कायमा इञ्जिनियरिङ् र कम्प्युटर साइन्स पढाउँदै आएको अक्सफोर्डले गुणस्तरीय व्यावसायिक सफलता प्राप्त गरेको भन्दै स्वर्ण उपहार दिइएको हो ।

अतुलनीय व्यावसायिक सफलता, उत्कृष्टतम नेतृत्व र क्युसी १०० गुणस्तर कायम राखेको भन्दै अक्सफोर्ड कलेजलाई आइतबार पेरिसमा आयोजित एक विशेष समारोहबीच स्वर्ण वर्गीकरणको पेरिस स्टार क्वालिटी सर्टिफिकेट दिइएको हो ।

 

कमेन्ट गर्नुहोस्