ग्लोबल क्रिकेट लिगः तेस्रो खेलमा पनि सन्दिपले विकेट लिए

एजेन्सी । क्यानडामा जारी ग्लोबल क्रिकेट लिगमा नेपाली युवा स्पिनर सन्दिप लामिछानेले तेस्रो खेलमा पनि विकेट लिएका छन् । उनले जमैकन खेलाडी चान्डविक वाल्कोटको विकेट लिएका हुन् ।

मोन्ट्रेल टाइगर्सले लगातार हार ब्यहोर्दा सन्दिपको प्रभाव भने कायमै छ । लामिछानेले दोस्रो खेलमा पनि एक विकेट लिएका थिए । गएराति भएको खेलमा सन्दीपले चार ओभरमा १९ रन खर्चिएका थिए । जसमा उनले एक ओभर मेडेन पनि गरेका थिए ।  टस हारेर पहिले ब्याटिङको निम्तो पाएको भ्यानकुभर नाइट्सले २० ओभरमा ६ विकेट गुमाउदै १ सय ६६ रन बनाएको थियो ।

उसका लािग ही भान डेर डुसेनले ८३ रन बनाए । ब्याटिङमा अन्तिममा आएका सन्दीपले ७ रन बनाए । तर टिम भने १९ ओभर ४ बलमा एक सय ४८ रनमा अलआउट भयो ।

कमेन्ट गर्नुहोस्

सम्बन्धित् समाचार  सन्दीप बने टी-२० इन्टरनेशनल क्रिकेट खेल्ने १८औँ नेपाली खेलाडी
%d bloggers like this: