आज कतिले घट्यो सुनचाँदीको मूल्य ?

काठमाडौं । साताको तेस्रो दिन मंगलबार नेपाली बजारमा प्रतितोला सुनको मूल्य एक सय रुपैयाँले घटेको छ ।

सोमबार सुन प्रतितोला मूल्य ५७ हजार ३ सय रुयैयाँमा कारोबार भएको थियो भने आज घटेर प्रतितोला ५७ हजार २ सय रुपैयाँमै कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ।

सोमबार तेजावी सुन प्रतितोला ५७ हजार रुपैयाँमा कारोबार भएको थियो भने आज घटेर प्रतितोला ५६ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, मंगलबार प्रतितोला चाँदीको मूल्य पाँच रुपैयाँले घटेको छ ।

सोमबार चाँदी प्रतितोला मूल्य ७६० रुपैयाँमा कारोबार भएको थियो भने आज घटेर ७५५ रुपैयाँमै कारोबार भइरहेको छ ।

कमेन्ट गर्नुहोस्

सम्बन्धित् समाचार  कतिमा कारोबार भइरहेको सुनचाँदीको मूल्य ?
%d bloggers like this: