इंग्ल्याण्ड भर्सेस भारतः विराट र राहूलले बनाए यस्ता रेकर्ड

काठमाडौं, असार २० । लोकेश राहुल र कूलदिप यादवको उत्कृष्ट प्रदर्शनले भारत इंग्ल्याण्डमाथि शानदार जित निकाल्न सफल भएको छ । हिजो राती भएको टी-२० श्रखृला अन्तर्गत पहिलो खेलमा इंग्ल्याण्डकै घरेलु मैदानमा भारतले शानदार जित निकालेको हो । केएल राहुल र कूलदिप यादव चम्केपछि इग्ल्याण्ड ८ विकेटले पराजित भयो । यो जितसँगै भारतले तीन खेलको सीरिजमा १-० ले अगाडी पुगेको छ ।

टस हारेर ब्याटिङको निम्तो पाएको इंग्ल्याण्डले निर्धारित २० ओभरमा ८ विकेटको क्षतीमा १५९ रन मात्र बनाउन सक्यो । उसका लागि जोस बटलरले ६९, जोसन रायले ३० र डेबीड बिल्लीले २९ रन जोड्न बाहेक अन्यको सम्झन लायक प्रदर्शन रहेन । इंग्ल्याण्डका तीन खेलाडी शून्य रनमै आउट भए । बलिङमा भारतका कूलदिप यादवले मात्र २४ रन दिदै पाँच विकेट लिन सफल भए । उनी खेलको म्यान अफ दि म्याच पनि भए । यस्तै, उमेश यादवले २ र हार्दिक पांण्डेले १ विकेट लिन सफल भए ।

जवाफमा भारतले १० बल बाँकी छँदै लक्ष्य भेटायो । १६० रनको लक्ष्य पछ्याउने क्रममा भारतको शुरुवात भने उत्कृष्ट रहेन । उसले पहिलो ओभरमै शिखर धवनलाई गुमायो । तर उनी आउट भए पनि रोहित शर्मा र केएल राहुलको जोडी जम्यो । उनीहरुको जोडीले १२३ रनको साझेदारी गर्यो ।

सम्बन्धित् समाचार  नेपाल र हङकङबीचको खेल रद्द

हिजोको खेलमा राहूलले शतक प्रहार गरे । उनले १८औं ओभरमा एक रन लिदैं टी-२० करियरमा दोस्रो शतक बनाए । टी-२० अन्तर्राष्ट्रिय खेलमा भारतका लागि रोहितपछि राहुल सर्वाधिक शतक प्रहार खेलाडी बनेका छन् । उनले ५३ बलमा १० चौका र ५ छक्काको मद्दतमा शतक बनाएका हुन् ।

यस्तै, कप्तान विराट कोहलीले टी २० अन्तर्राष्ट्रिय प्रतियोगितामा २ हजार रन पूरा गरेका छन् । २९ वर्षिय कोहली विश्वमा सबैभन्दा छिटो २ हजार रन बनाउने खेलाडी बनेका छन् । उनले टी-२० प्रतियोगितामा ५६ खेलमा यो उपलब्धि हासिल गरेका हुन् । इंग्ल्याण्डका लागि डेबिड बिल्ली र अदिल रशिदले एकएक विकेट लिन सफल भए । -एजेन्सी

कमेन्ट गर्नुहोस्

%d bloggers like this: