भीमसेन ‘कान्छी ’ लिएर आए ! (भिडियोसहित)

२५ वर्षअघि गायन क्षेत्रमा तल्लीन भएर लागेका भीमसेन लामा एकाएक हराए । उतिबेलाका चर्चित गायकहरु ओमविक्रम विष्ट, सञ्जय श्रेष्ठ, संजीव प्रधान, हरिश माथेमा र योगेश्वर अमात्यसँगै कार्यक्रमहरुमा गीत गाउँदै हिंडेका गायक लामा २५ वर्षपछि पुन गायन क्षेत्रमा फर्किएका छन् । लामा यति लामो समयपछि साङ्गीतिक क्षेत्रमा कमब्याक भएका हुन् । विद्यार्थी हुँदा देखि नै गीत गाउँदै हिंडेका लामाको सोख चर्चित गायक बन्ने थियो ।

आखिर उनी गायक त बने नै तर गायन क्षेत्रबाट लामो समय हराए । अब उनले गायन क्षेत्रबाट कहिलै न भाग्ने बताए । उनी भन्छन, ‘म आफ्नै कारणले गायन क्षेत्रबाट हराएँ । म २५ वर्षसम्म जागिरमा लागें अनि त्यो बीचमा फिल्म खेल्न तिर पनि लागें । तर, अब म गायन क्षेत्रमै फर्किएको छु ।’

‘मुसुक्क हाँसी दिंदा ज्यानै लुट्यो’ भन्ने बोलको गीत नै लामाले गाएको पहिलो गीत हो । जुन गीत २०४७ सालमा रेकर्ड गरिएको थियो । विश्व बल्लभको शब्दमा तयार भएको यो गीतलाई शम्भुजित बाँस्कोटाले सङ्गीत दिएका थिए । यही गीतलाई पुन एरेन्ज ६ महिना अघि रिमेक लिएर आएका लामाले अहिले नयाँ गीत ‘हे कान्छी ’ लिएर आएका छन् ।

‘हे कान्छी’लाई राजधानीमा एक कार्यक्रमबीच सार्वजनिक गरिएको छ । मङ्गलवार नेपालको पहिलो टेम्पो चालक, व्यवसायी तथा साहित्यक व्यक्तित्व लक्ष्मी शर्माको प्रमुख आतिथ्यतामा ‘हे कान्छी’ सार्वजनिक गरिएको हो ।

सार्वजनिक कार्यक्रममा वरिष्ठ लोक गायक कुमार वस्नेत, वरिष्ठ कलाकार उत्तम केसी, भकारी एमडीसीका प्रमुख तथा गीतकार बसन्त वित्यासी थापा, मिलापका कृष्ण भुसाल, निर्देशक संजय पाण्डे, काठमाडौं महानगरपालिका वडा नं.- ३का वडा अध्यक्ष दीपक केसी लगायतले भीमसेन टी लामालाई नयाँ आगमनका लागि बधाई तथा शुभकामना दिएका थिए । लामाको गित हेर्नस्, भिडियोमा-

कमेन्ट गर्नुहोस्