सलमानको पहिलो प्रेम यसरी टुट्यो

बलिउडका चर्चित अभिनेता सलमान खानलाई मन पराउने युवती कयौं छन् । उनको फ्यान मात्र नभएर उनीसँग जीवन काट्ने धोको पालेका युवती कति छन् सलमानलाई नै थाह छैन । सलमान पनि कुनै बेला युवतीलाई धेरै मन पराउथे । त्यसको ज्वलन्त उदाहरण बाहिर आएको छ ।

भारतीय सञ्चार माध्यममले सलमानको पहिलो प्रेम सम्बन्धी रहस्य खोलेका छन् । उनको पहिलो प्रेम स्कुल पढ्दा भएको थियो। विडम्बना, सलमानले मन पराएकी युवती उनलाई दाइ मान्थिन्।

सलमान ग्वालियरमा पढ्थे। पढाइबाट दिक्क बनेका उनले साथीहरुसँग देहरादून जाने प्लान बनाए। त्यहाँ उनले निकै जलपीरा पिए, तब ट्वाइलेट जानुपर्ने भयो। त्यही समय ट्वाइलेटबाहिर एक युवती भेटिइन् र ट्वाइलेट देखाइदिइन्।

सलमान उनीप्रति तत्काल फिदा भइहाले। देहरादूनको यात्राबाट उनी ग्वालियर त फर्किए तर मनमा ती युवती बसिइरहिन्। उनी यति मोहित भए कि चिठी लेख्न थाले। युवतीले पनि सलमानलाई चिठीको जवाफ फर्काउन थालिन्। करिब एक वर्षसम्म उनीहरुबीच निरन्तर सम्पर्क भइरह्यो। युवतीले आफूलाई दाइजस्तो मान्ने गरेको सलमानले एक वर्षपछि मात्रै महसुस गरे। तब उनी सम्बन्धबाट तत्काल अलग्गिए। -एजेन्सी

कमेन्ट गर्नुहोस्