‘एमएस धोनी-२’ निर्माण हुने, को बन्दै छन् धोनी ?

भारतीय टिमका पूर्व कप्तान महेन्द्रसिंह धोनीको जीवनमा आधारित चलचित्र ‘एमएस धोनीः द अनटोल्ड स्टोरी’ को सिक्वेल बन्ने भएको छ । दुई वर्षअघि रिलिज धोनीको बायोपिक फिल्मको पहिलो सिक्वेल खूब चलेको थियो ।

विभिन्न सञ्चार माध्यमका अनुसार फेरी धोनीको जीवनमा आधारित फिल्मको सिक्वेल बन्ने भएको छ । ‘मिड डे’ अखबारमा प्रकाशित समाचार अनुसार अर्को वर्ष प्रदर्शन गर्ने लक्ष्यका साथ फिल्मको तयारी सुरु भएको छ । यसपटक पनि धोनीको भूमिकामा सुशान्त सिंह राजपूत नै देखिने भएका छन् ।

नायिकामा भने दिशा पटानी दोहारिने छिन् वा अर्कै नायिका यो चाहिँ निश्चित भएको छैन । फिल्मको लागि सुशान्तले तयारी सुरु गरिसकेको बताइन्छ । उनी नियमित क्रिकेट अभ्यास गरिरहेका छन् । -एजेन्सी

कमेन्ट गर्नुहोस्

सम्बन्धित् समाचार  पद्मावतको एकसातामा कीर्तिमानी कमाई, बलिउडका तीन खानका फिल्मको रेकर्ड ब्रेक
%d bloggers like this: