चलचित्र ‘बाबु कान्छा’को गीत युट्युबमा सार्वजनिक (भिडियोसहित)

काठमाडौं । सलोन बस्नेतद्धारा अभिनित नेपाली चलचित्र ‘बाबु कान्छा’ को टाइटल गीत सार्वजनिक गरिएको छ ।

यही असार २९ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्रको सार्वजनिक ट्रेलरलाई दर्शक निकै मन पराएपछि चलचित्रको शीर्ष गीत रिलिज गरिएको निमार्ण पक्षले जानकारी दिएको छ ।

चलचित्रको सार्वजनिक गीतमा चर्चित गायक तथा सङ्गीतकार शम्भुजित बास्कोटाले लामो समय पछि चलचित्र ‘बाबु कान्छा’मा गीत गएका छन ।

अहिलेका निकै चर्चित गायक तथा संगीतकार टंक बुढाथोकीको शब्द तथा संगीत रहेको यस गीतलाई दर्शक तथा श्रोताले मन पराउने चलचित्रका निर्देशक सोवित बस्नेतले बताए । युवा पुस्तामा हुने माया प्रेम र रोमान्सलाई सामाजिक रुपमा देखाउन खोजिएको उनले बताए ।
‘बाबु कान्छा’मा सलोनसँगै निर शाह, सरोज खनाल, करिष्मा श्रेष्ठ, राजाराम पौडेल, लय संगौला, ऋतिक शाही, सम्राट् सापकोटा, मञ्जु पौडेल, गीता अधिकारी, रामेश्वर रिजाल, शुशान्त श्रेष्ठ, विक्रम कंडेल लगायतको अभिनय रहेको छ ।

यस चलचित्रबाट अश्लिन ज्ञवाली र ज्योत्सना महर्जनले डेव्यू गर्दैछन । आफुले सानो बजेटमा सर्वोकृष्ट चलचित्रको निमार्ण गरेको निर्देशक बस्नेतले बताए ।

सम्बन्धित् समाचार  राष्ट्रकवि घिमिरेसहित तीन स्रष्टा सम्मानित

कमेन्ट गर्नुहोस्

%d bloggers like this: