यी हुन् बलिउडका सर्वाधिक विद्युत् बिल बुझाउने ७ स्टार, सबैभन्दा अगाडी को ?

विद्युत् जनताका लागि आधारभूत आवश्यकता भइसकेको छ । अहिले विद्युत् छैन त विभिन्न काम गर्न मुस्कील पर्छ । झनै शहरमा विद्युत्को माग बढि छ । अहिलेको समयमा एक घण्टा पनि लोडसेडिङ भयो भने ग्राहक धर्ना बस्न पछि पर्दैनन् ।

त्यसकारण विद्युत् मानिसका लागि अत्यन्त जरुरी चिज बनेको छ । अहिले जति विद्युत्को उपयोग गर्छौ त्यहि अनुसार बील पनि बढि आउँने गरेको छ । यसैबीच आज हामी बलिउडका चर्चित स्टार ७ स्टारले मासिक विद्युत्को बील कति तिर्छन् भन्ने जानकारी गराउने छौं । हेरौं सबैभन्दा बढि कुन स्टारले विद्युत्को बिल बुझाउँछन्ः

कट्रीना कैफ

सर्वाधिक विद्युत् बिल बुझाउने बलिउड सात स्टार मध्ये कट्रीना कैफ सबैभन्दा कम बिद्युत् बील तिर्नेमा पर्छिन् । उनी मुम्बइ स्थित घरको महिनामा १० लाख भारतीय रुपैयाँ बिद्युत् बील बुझाउँछिन् ।

दीपिका पादुकोण

दीपिका पादुकोण कट्रीनापछि विद्युत्को बील तिर्नेमा पर्छिन् । उनले महिनामा १३ लाख भारु बीजुलीको बील बुझाउँछिन् ।

आमिर खान


चर्चित बलिउड स्टार आमिर खानले मुम्बइ स्थित घरको मासिक २२ लाख भारु बीजुलीको बील बुझाउँछन् ।

अमिताभ बच्चन


सदाबहार महानायक अमिताभ बच्चनले पनि आमिरकै जति २२ लाख भारु मासिक विद्युत बील बुझाउँछन् ।

सलमान खान


यो मामलामा सलमान खान छुट्ने कुरै भएन । बलिउडका दबंग खान क्गालेक्सी अपार्टमेन्टमा महिनाको २३ लाख भारु रुपैयाँ बत्तिको बील मात्रै तिर्छन् ।

सैफअली खान

यस्तै, अर्का स्टार सैफअली खान आफू बस्ने घरको ३० लाख भारु महिनाको बिद्युत् बिल बुझाउँ छन् ।

अन्तिम १० नम्बरमा आउँछन् । बलिउडका स्टार शाहरुख खानको नाम । शाहरुखले महिनामा कति बुझाउँलान् विद्युत् बिल ? तपाईले कल्पना पनि गर्नु भएको थिएन होला । तर शाहरुखले भने तपाईको कल्पना बाहिरको भन्दा बढि विद्युत् बील तिर्छन् । उनले महिनामा ४३ लाख भारु विद्युत् बील बुझाउँछन् । -एजेन्सी

कमेन्ट गर्नुहोस्