सातामा धेरै कमाउने रेकर्ड सन्जूकाे नाममा, रणबीरकाे २०० कराेड कमाउने पहिले फिल्म

मुम्बई, असार २१ । रणबीर कपूर अभिनित फिल्म सन्जू बक्सअफिम कलृेक्सनमा छिटो २०० करोड कमाउने रेकर्ड कायम गर्दै छ ।

बजार विश्लेषक तरण आदर्शले आफ्नो ट्वीटरमा जनाए अनुसार सन्जूले ६ दिनमा भारतमा मात्रै १८६.४१ करोड रुपैया कमाइसकेको छ । बुधवार मात्रै सन्जूले करीब १८.९० करोड कमाइ गरेको छ ।

यसअघि फिल्मले पहिलो दिन ३४.७५ करोड, दोस्रो दिन ३८.६० करोड, तेस्रो दिन ४६.७१ करोड, चौथो दिन २५.३५ करोड र पाँचौं दिन २२.१० करोड गरी कुल १६७.५१ करोड कमाइ गरिसकेको छ ।

फिल्मले तीन दिनमा १२०.०६ करोड कमाएर नयाँ रेकर्ड बनाएको छ । साथै एक सातामा सबैभन्दा धेरै कमाउने इतिहास पनि बनाएको छ ।

चर्चित अभिनेता संजय दत्तको जीवनीमा आधारित फिल्म सन्जू २९ जूनमा रिलिज भएको थियो । फिल्ममा रणबीर कपूर, परेश रावल र विक्की कौशलको अभिनयको खुलेर प्रशंसा गरिएको छ । फिल्ममा दीया मिर्जा, सोनम कपूर, अनुष्का शर्मा, बोमन इरानी र जिम सर्भको पनि प्रमुख भूमिका रहेको छ । फिल्मको निर्देशन भने चर्चित निर्देशक राजकुमार हिरानीले गरेका छन् ।

सम्बन्धित् समाचार  विवाहअघि यी चार पुरुषसँग प्रेमसम्बन्ध रहेको खुलासा

सन्जू रणबीरको २०० करोड कमाउने पहिलो फिल्म हुनेछ । अहिलेसम्मको कलेक्सनलाई हेर्ने हो भने सन्जूलाई २०० करोड रुपैयाँ कमाउन अब कुनै ठूलो कुरा हुने छैन ।

२०० करोड कमाउने रणबीर कपूरको यो पहलिो फिल्म हुने छ । यसअघि रणबीरका कुनैपनि फिल्मले २०० करोड कमाउन सकेका छैनन् ।

यसअधि रणबीरका चारवटा फिल्म मात्रै १०० कराेढ क्लबमा

२०१२: बर्फी-११२.१५ करोड
२०१३:यह जवानी है दीवानी-१८८.५७ कराेड
२०१६:ऐ दिल है मुश्किल-११२.४८ करोड
२०१८:सन्जू-१८६.४१ करोड

कमेन्ट गर्नुहोस्

%d bloggers like this: