शिक्षक सेवा आयोग, कसरी गर्ने होला तयारी (भाग- १)

एभरेस्ट दैनिक डट कमले शिक्षक सेवा आयोगमा प्रतिस्पर्धा गर्न लागेका उम्मेदवारहरूका लागि परीक्षा तयारी विषयक आलेख तयार पारेको छ। यो आलेख तीन खण्डमा प्रकाशित हुने छ र पाठकीय चासोलाई ध्यानमा राख्दै आगामी दिनहरूमा केही विषयगत तयारीका तरिकाहरू खोतल्ने प्रयास पनि हाम्रो रहनेछ। प्रस्तुत छ उक्त आलेखको पहिलो भाग:

शिक्षक सेवा आयोगले खुल्ला प्रतिस्पर्धाकाका लागि विज्ञापन खोले यता उक्त प्रतिष्पर्धामा आवेदन दिन योग्य उम्मेदवारहरू राजधानी लगायत सहरी क्षेत्रहरूमा ओइरिएका छन्। प्रतियोगिता सम्बन्धी तयारी कक्षा लिने उद्देश्यले सहर पसेका यी हजारौं युवाहरूको शिक्षक बन्ने सपना कुन रूपमा साकार हुनेछ भन्ने कुरा असोज ११, २, र १३ गते हुने प्रतियोगितात्मक परिक्षामा उनीहरूले लेख्ने उत्तरबाट निर्धारण हुनेछ।

यसरी प्रतियोगिताका लागि तयारी गर्ने उम्मेदवारहरूमा प्रतियोगितामा सोधिने प्रश्नहरू र तिनको उत्तरबारे चासो हुनु स्वाभाविक नै हो। अहिले शिक्षक सेवा आयोगले पाठ्यक्रममा केही परिमार्जन गरेको छ। जस अनुसार साबिकको २० अंकको वस्तुगत र ८० अंकको विषयगत प्रश्न सोध्ने परिपाटीलाई विस्थापित गर्दै ४० अंकको वस्तुगत र ६० अंकको विषयगत प्रश्नहरू सोध्ने प्रारूप अगाडि सारेको छ। यसअघि यो प्रारूप गत चैत्र २३ गते हुने भनिएको अन्तरिक प्रतिस्पर्धाका लागि निर्धारित गरिएको थियो। (विविध कारणले रोकिएको उक्त परीक्षा असार २९ र ३० गतेका लागि तोकिएको छ।)  अब २०७५ जेठ ५ गतेपछि लिइने सबै परीक्षाहरूमा यहि पाठ्यक्रम प्रयोग हुने आयोगले जनाएको छ।

यस्ता प्रतियोगिताहरूको तयारी गर्दा कस्तो पाठ्यसामग्री पढ्ने भन्ने नै हो। र यसका लागि सबै भन्दा राम्रो अधिकारिक पाठ्यसामग्री खोज्नु नै हुन्छ।

पुरानै ढाँचाको विज्ञापन  

सम्बन्धित् समाचार  रिक्त पदका लागि नयाँ विज्ञापन लोकसेवामा पठाइयो

हाल विद्यालय शिक्षामा आधारभूत र माध्यमिक गरेर दुई तह मात्र रहने भनिएको भएपनि शिक्षक सेवा आयोगले भने साबिककै तीन तह: प्राथमिक, निम्न माध्यमिक र माध्यमिकका १२ हजार ७ सय ३९ रिक्त पदका लागि भइरहेको यो प्रतिस्पर्धा परिमाणमा निकै ठूलो हो। यस्तो अवस्थामा राम्रो तयारी गररेको खण्डमा सफलता प्राप्त गर्ने सम्भावना त्यत्तिकै रहन्छ।

कुनै पनि प्रतियोगितात्मक परीक्षाको तयारी गरिरहँदा केही कुराहरूमा ध्यान दिनै र्ने हुन्छ। यसमा उत्तीर्णाङ्कको खासै भूमिका नरहने भएकाले प्रतिस्पर्धामा नै आउनुको विकल्प हुँदैन। र त्यसका लागि हामी आफूले कस्तो तयारी गरिराखेका छौँ भन्ने त महत्वपूर्ण छ नै त्यसका साथै बजारमा कस्ता पाठ्यसामग्रीहरू उपलब्ध रहेका छन् र तिनबाट अन्य प्रतिस्पर्धीहरूले के कस्तो तयारी गर्न सक्छन् भन्ने कुराको आकलन गरेर सो अनुरुप आफ्नो तयारी गर्नु समेत आवश्यक हुन्छ।

नयाँ पाठ्यक्रम

शिक्षक सेवा आयोगले प्रतियोगिताका लागि पाठ्यक्रममा व्यापक फेरबदल गरेको छ। यसपालि वस्तुगत प्रश्नहरूको अङ्कभार २० बाट बढाएर ४० बनाएको छ भने यसअघि ० अङ्कभार रहेको विषयगत प्रश्नलाई ६० मा झारेको छ।

सम्बन्धित् समाचार  लागुऔषधको दुर्व्यसनलाई गम्भीर समस्याका रुपमा लिइएको छ : गृहमन्त्री

त्यतिमात्र होइन यसपाली विषयगत पाठ्यक्रममा गहन रूपमा विषयगत ज्ञानको अपेक्षा गरिएको छ। प्रत्येक तहको पाठ्यक्रम र सो पाठ्यक्रम शिक्षणका लागि आवश्यक शिक्षणविधि एवम् प्रविधिको बारेमा यथेष्ट ज्ञान आवश्यक छ। निम्न माध्यमिक र माध्यमिक तहका कतिपय विषयमा त सम्बन्धित तहको पाठ्यक्रमभन्दा पनि अवश्यक न्यूनतम योग्यता भएको तहको पाठ्यक्रमबाट समेत प्रश्न सोध्ने व्यवस्था रहेको छ।

कुनै पनि प्रतियोगितात्मक परीक्षाको तयारी गरिरहँदा केही कुराहरूमा ध्यान दिनै र्ने हुन्छ। यसमा उत्तीर्णाङ्कको खासै भूमिका नरहने भएकाले प्रतिस्पर्धामा नै आउनुको विकल्प हुँदैन।

के पढ्ने?

सबै भन्दा पहिलो प्रश्न नै यस्ता प्रतियोगिताहरूको तयारी गर्दा कस्तो पाठ्यसामग्री पढ्ने भन्ने नै हो। र यसका लागि सबै भन्दा राम्रो अधिकारिक पाठ्यसामग्री खोज्नु नै हुन्छ। अर्थात यदि तपाईंले सामाजिक विषयको माध्यमिक तहको पाठ्यक्रम हेर्नु छ भने त्यसका लागि द्वितीयक स्रोतहरू जस्तै गाइड, गेसपेपर या अन्य हातेकिताबको भर पर्नुभन्दा पनि मूल पाठ्यक्रम हेरेर नै अवधारणा निर्माण गर्नु राम्रो हुन्छ।

साथै जुन विषयमा निमावि र माविको पाठ्यक्रमभन्दा नि उच्चतहको पाठ्यक्रमबाट प्रश्न सोध्न सक्ने व्यवस्था गरिएको छ त्यस्ता विषयको तयारीका लागि सकेसम्म अधिकारिक र भरपर्दो जानकारी प्राप्त गर्न मूल पुस्तक नै हेर्नु सबैभन्दा राम्रो हुन्छ।

सम्बन्धित् समाचार  आज काठमाडौंमा कोरियन भाषाको परीक्षा सुरु

क्रमशः

कमेन्ट गर्नुहोस्

%d bloggers like this: