नेदरल्याण्ड्स र मेरिलोबनविरुद्ध खेल्ने नेपाली टोली घोषणा, हरि क्षत्री डेब्यु गर्दै

काठमाडौं, असार २२ । जुलाई २९ मा लर्डसमा मेरिलोबन क्रिकेट क्लब (एमसीसी) र नेदरल्याण्ड्सविरुद्ध खेल्ने नेपाली टोलीको घोषणा भएको छ ।

पारस खड्काको कप्तानीमा अनिलकुमार साह, बसन्त रेग्मी, दिपेन्द्र सिंह ऐरी, ज्ञानेन्द्र मल्ल, करण केसी, ललित भण्डारी, ललित राजवंशी छन् ।

यस्तै रोहितकुमार पौडेल, सन्दिप लामिछाने, शक्ति गौचन, शरद भेषावकर, सोमपाल कामी, सुनिल धमला र सुशान भारी सुवास खकुरेल, विनोद भण्डारी, प्रदिप ऐरी र हरि क्षेत्री पनि टोलीमा अटाएका छन् ।

राष्ट्रिय टोलीमा सुवास खकुरेल, विनोद भण्डारी र प्रदिप ऐरीले कमब्याक गरेका हुन । भने हरि क्षेत्रीले डेब्यु गर्दै छन् ।

क्षेत्री प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटमा इमर्जिङ प्लेयर (उदयमान खेलाडी) बनेका थिए ।

जुलाई २५ मा नेपाली टोली बेलायत प्रस्थान गर्ने छ ।

कमेन्ट गर्नुहोस्

सम्बन्धित् समाचार  आर्मी र पुलिस भाेलि भिड्दै
%d bloggers like this: