शिक्षक सेवा आयोग: कसरी गर्ने तयारी ( भाग-२)

एभरेस्ट दैनिक डट कमले शिक्षक सेवा आयोगमा प्रतिस्पर्धा गर्न लागेका उम्मेदवारहरूका लागि परीक्षा तयारी विषयक आलेख तयार पारेको छ। यो आलेख तीन खण्डमा प्रकाशित हुने छ र पाठकीय चासोलाई ध्यानमा राख्दै आगामी दिनहरूमा केही विषयगत तयारीका तरिकाहरू खोतल्ने प्रयास पनि हाम्रो रहनेछ। उक्त आलेखको प्रथम भाग यस अघि नै  प्रकाशित भइसकेको छ भने प्रस्तुत छ दोस्रो  भाग:

कुनै पनि परीक्षामा सफलता प्राप्त गर्नका लागि सबैभन्दा पहिले उक्त परीक्षाको प्रकृति बुझ्नु जरूरी छ। चाहे त्यो औपचारिक शिक्षाको होस् या प्रतिस्पर्धात्मक, परीक्षा  परीक्षा नै हुन्छ। प्रत्येक परीक्षार्थीले तयारी गर्दा मूल पाठ्यक्रमका साथै लेखन  सीप लगायत अन्य धेरै कुराहरूमा ध्यान पुऱ्याउनु पर्दछ। यस्ता केही कुराहरूको बारे आज चर्चा गरिनेछ:

फरक प्रकृतिको परीक्षा

प्रतिस्पर्धात्मक परीक्षा सामान्य परीक्षाभन्दा केही कुरामा पृथक छ। सामान्य परिक्षामा एउटा निश्चित उत्तीर्णाङ्क निर्धारित गरिएको हुन्छ र त्यति अङ्क हासिल गर्ने सबै परीक्षार्थीले सो परीक्षा उत्तीर्ण गरेको प्रमाणपत्र पाउँछन्। औपचारिक शिक्षाका सबै तहका परीक्षाहरू यस्तै हुने गर्दछन्।

तर प्रतियोगितात्मक अथवा प्रतिस्पर्धात्मक परीक्षामा भने त्यस्तो हुँदैन। यहाँ कुनै परीक्षार्थीले कति अङ्क हासिल गऱ्यो भन्दा पनि प्रतिस्पर्धामा सामेल अन्यको तुलनामा अगाडि आउनु अनिवार्य हुन्छ। अर्थात् यदि कुनै प्रतियोगिताको लिखित परीक्षामा १० जनाको नाम निकालिनु छ भने त्यसमा सबैभन्दा बढी अङ्क ल्याउने १० जना छनौट हुनेछन्। उनीहरूले मात्र उत्तीर्णाङ्क ल्याउन या ९० प्रतिशत।

यस्ता प्रतियोगितामा भाग लिन आउने अधिकांश प्रतियोगी विषयवस्तुमा उत्तिकै दखल भएका हुनसक्ने हुँदा झिनो अङ्क अन्तरले कुनै उम्मेदवार प्रतियोगिताबाट बाहिरिन सक्छ। त्यसले यहाँ पनि आफूसँग भएको विषयगत ज्ञानलाई कसरी प्रस्तुत गर्ने भन्ने सम्बन्धमा ध्यान दिनु आवश्यक छ।

कुनै पनि प्रतियोगितात्मक परीक्षाको तयारी गर्दा केही कुरामा विशेष ध्यान पुऱ्याउनु आवश्यक छ। पाठ्यक्रमदेखि प्रश्नपत्र सम्बन्धी यावत कुराहरू बुझेर मात्र यस्तो तयारी पूर्ण भएको मान्न सकिन्छ। हुन त व्यक्तिपिच्छे तयारीका फरक तरिका हुन सक्छन् तर पनि केही सामान्य कुराहरूमा ध्यान पुऱ्याउन सकेको खण्डमा सुखद नतिजाको आशा गर्न सकिन्छ।

सम्बन्धित् समाचार  नेपाल विद्युत प्राधिकरणका लिखित परीक्षाका नतिजा सार्वजनिक

कस्ता हुन्छन् त प्रश्न?

सबैभन्दा पहिले त प्रतियोगितात्मक परीक्षाहरू विशेष परीक्षा भएकाले तिनको तयारी पनि विशेष नै हुनु पर्दछ। यसका लागि योजना बनाएर तयारी गर्नु पर्ने हुन्छ। अर्थात् तयारीको सुरुवात पाठ्यक्रमबाटै सुरु गर्नु सबैभन्दा राम्रो हो। सबैभन्दा पहिला पाठ्यक्रममा के छ र त्यसको समुचित तयारी कसरी गर्ने भन्ने तर्फ ध्यान दिनु आवश्यक छ।

वस्तुगत प्रश्न: तयारीको चटारो

विशेष गरेर वस्तुगत प्रश्नहरुको हकमा पाठ्यक्रमले मागेजतिका क्षेत्रहरुका सम्पूर्ण विश्वसनीय जानकारीहरु जम्मा गरेर पढ्दै, नोट गर्दै जानु राम्रो हुन्छ। आजभोलि बजारमा प्रतियोगिता तयारीका निम्ति थुप्रै पाठ्यसामग्री उपलब्ध रहेका छन्। बजारमा छापिएर आउने जति सबै सामग्री गुणवत्ता र छपाई शुद्धिका दृष्टिले भरपर्दा नहुन पनि सक्छन्। यसका लागि ती पाठ्यसामग्रीका मूलस्रोत नै एक पटक हेर्नु श्रेयस्कर हुन्छ।

विषयगत प्रश्न: उचित रणनीतिको खाँचो  

त्यस्तै विषयगत प्रश्नपत्रको हकमा पनि विशेष तयारी आवश्यक हुन्छ। यस्ता प्रतियोगितामा भाग लिन आउने अधिकांश प्रतियोगी विषयवस्तुमा उत्तिकै दखल भएका हुनसक्ने हुँदा झिनो अङ्क अन्तरले कुनै उम्मेदवार प्रतियोगिताबाट बाहिरिन सक्छ। त्यसले यहाँ पनि आफूसँग भएको विषयगत ज्ञानलाई कसरी प्रस्तुत गर्ने भन्ने सम्बन्धमा ध्यान दिनु आवश्यक छ। विषयवस्तुसम्बन्धी उस्तै जानकारी पनि फरक फरक व्यक्ति फरक तरिकाले प्रस्तुत गर्न सक्छन्। र, कतिपय अवस्थामा यो नै नतिजामा आउने अन्तरको मुख्य कारण बन्न सक्छ।

विशेष गरेर पूरै लिखित प्रतियोगिताको ६० प्रतिशत भाग ओगट्ने भएकाले विषयगत प्रश्नपत्रबारे उत्तिकै गम्भीर हुनु अवश्यक छ। यसका लागि निम्न कुराहरू गर्न सकिन्छ:

  • योजना बनाउने
सम्बन्धित् समाचार  माग पूरा नभए विद्यालयस्तरको वार्षिक र एसइई परीक्षामा असहयोग गर्ने अस्थायी शिक्षकको चेतावनी

कुनै पनि काममा सफलता प्राप्त गर्नका लागि पूर्व तयारी अत्यावश्यक छ। र, त्यसका लागि जरुरी छ उचित योजना निर्माण। योजना बनाउँदा विषयवस्तुको तयारी कसरी गर्ने, सम्भाव्य प्रश्नहरूको उत्तर कसरी लेख्ने र समय व्यवस्थापन कसरी गर्ने भन्नेबारे विस्तृत कार्य-योजना निर्माण गनु आवश्यक छ।

यस अवस्थामा हामीले सबैभन्दा पहिले त मानसिक रूपले प्रश्नको उत्तर लेख्न तयार हुनुपर्ने हुन्छ। यसका निम्ति पूर्ण स्वरूपको प्रश्नपत्र धेरैपल्ट हाल गर्ने र आफैँ आफ्नो मूल्यांकन गर्नु पर्दछ। यसले आफूलाई प्रश्नपत्रको हाल गर्न कति समय लाग्ने र एउटा विधिबाट समय नपुगे कुन अर्को विधिको प्रयोग गर्ने भन्ने समेत निर्धारित गर्न सकिन्छ।

आफूले प्रतिष्पर्धा गर्न चाहेको विषयका बारेमा अवधारणा निर्माण, प्रत्येक विषयवस्तुबारे आउने शङ्काहरूको उचित समाधान र आफूले एकत्रित गरेका जानकारीहरूको वैधता र विश्वसनीयताबारे जाँच आदि यस चरणका कार्य हुन्। प्रत्येक विषयवस्तुबारे आश्वस्त हुँदै जानु फाइदाजनक हुन्छ। यदि राम्रो योजना छ भने सफलताको सम्भावना बढेर जानेमा शंका रहँदैन।

  • चिन्तन गर्ने

विषयवस्तु एकोहोरो घोक्नुभन्दा पढ्दै, चिन्तन-मनन गर्दै जाँदा फाइदा हुन्छ। पढेको कुरामा मनन गर्ने, विश्लेषण गर्ने र समन्यिकृत गर्दै जाने गर्नु पर्दछ। त्यति मात्र होइन प्रत्येक विषयमा आफ्नो दृष्टिकोण विकास गर्ने र आत्म-मुल्यांकन गर्दै प्रस्तुति (उत्तर लेखन)का रणनीतिबारे सोच्नु पर्दछ।

  • तयारी गर्ने

हुन त अगाडिका दुई बुँदाहरू पनि तयारी अन्तर्गत नै हुन् तर पनि यस चरणमा आएर हामी प्रतियोगितात्मक प्रश्नहरूको उत्तर लेख्न तयार भइसकेको हुनुपर्ने हुन्छ। यस अवस्थामा हामीले सबैभन्दा पहिले त मानसिक रूपले प्रश्नको उत्तर लेख्न तयार हुनुपर्ने हुन्छ। यसका निम्ति पूर्ण स्वरूपको प्रश्नपत्र धेरैपल्ट हाल गर्ने र आफैँ आफ्नो मूल्यांकन गर्नु पर्दछ। यसले आफूलाई प्रश्नपत्रको हाल गर्न कति समय लाग्ने र एउटा विधिबाट समय नपुगे कुन अर्को विधिको प्रयोग गर्ने भन्ने समेत निर्धारित गर्न सकिन्छ।

  • सूचना संकलन
सम्बन्धित् समाचार  शिक्षक सेवा आयोग तयारी: सफलताको साँचो

पाठ्यक्रम अनुरुप सूचना संकलन गर्ने सबैभन्दा भरपर्दा स्रोत भनेका ती अधिकारिक पाठ्यपुस्तक हुन् जुन् हामीले आफ्नो औपचारिक शिक्षा ग्रहण गराईका क्रममा पढ्नु पर्ने हुन्छ। यस बेला गाइड र गेस पेपरहरूमा कमभन्दा कम भरपर्नु राम्रो हुन्छ।

बजारमा छापिएर आउने जति सबै सामग्री गुणवत्ता र छपाई शुद्धिका दृष्टिले भरपर्दा नहुन पनि सक्छन्। यसका लागि ती पाठ्यसामग्रीका मूलस्रोत नै एक पटक हेर्नु श्रेयस्कर हुन्छ।

यसका अतिरिक्त इन्टरनेट खोज उपकरणहरूको उपयोग, समूहगत छलफल, विज्ञहरूका सुझाव आदिबाट समेत सूचना संकलन गर्न सकिन्छ। यसका अतिरिक्त हाम्रो आफ्नो अनुभव समेत सूचनाको रूपमा प्रयोग गर्न सकिन्छ।

  • सूचना व्यवस्थापन

विषयवस्तुको बारेमा संकलित सूचनाहरूलाई उचित रूपमा व्यवस्थापन अर्को काम हुन सक्छ। यी सूचनाहरूलाई अवधारणा निर्माण, सैद्धान्तिक ज्ञानको रूपमा र शङ्का निवारणका लागि प्रयोग गर्न सकिन्छ। यसका लागि हरेक नयाँ जानकारीलाई टिपोट गर्दै जाने, एउटा स्रोतबाट प्राप्त जानकारीलाई अन्य जानकारीसँग संश्लेषण गर्दै परीक्षामा कसरी प्रस्तुत हुने बारे रणनीति बनाउनु पर्दछ।

 

क्रमशः 

कमेन्ट गर्नुहोस्

%d bloggers like this: