कहिले गर्छन् प्रचण्डले अर्को गोल ?

र, अहिले भने प्रचण्ड चुप लागेका छन् । सम्भवतः खेल हेरिरहेका छन् ।

 

प्रचण्डका अगाडि अहिले दुबै पार्टीको तलदेखि माथिसम्म ससम्मान एकता प्रक्रियालाई टुंगोमा पु-याउने जिम्मेवारी प्रधानरुपमा रहेको छ । लाखौं कार्यकर्ताहरुको सम्मानजनक व्यवस्थापन गरेपछि बल्ल उनले अर्को गोलको रणनीति निर्माण गर्छन् होला भन्न सकिन्छ ।

*** एभरेष्ट टिप्पणी ***

नेपाली राजनीतिमा गोल गर्ने केही सीमित राजनीतिज्ञ छन् । गोल अर्थात् खेल र टिमलाई निर्णायक उचाईमा पु¥याउने निर्णय ।

यथास्थितिमा रुमल्लिरहेको राजनीतिक खेलचक्रलाई निर्णायकरुपमा गोलपोष्टमा प्रहार गर्ने नेतामा गनिन्छन् प्रचण्ड । खेलको प्रकृति बुझेर, खेलाडीहरुको मनोभाव बुझेर उचाईको रणनीतिसँगै गोल गर्दै आएका छन् उनी । यी गोलहरु कहिले गोलपोष्टमा छिर्दैनन् । तर उनी प्रहार गर्न चुक्दैनन् । रोनाल्डो, मेस्सी, नेइमार, जे भनेपनि प्रचण्डका गोल अधिकांश पोष्टमैं प्रहार हुन्छन् । र, शुरु हुन्छ नयाँ अध्याय ।

नेपालको राजनीतिक इतिहास केलाउने हो भने २०३५ सालदेखिको प्रचण्डको यात्रामा उनले कैयन् यस्ता निर्णायक गोल हानेका छन् । यी गोलहरु अपत्यारिला हुन्छन् । असहज हुन्छन् । के के न हो जस्तो लाग्छ, तर हरके गोलहरुले राजनीतिलाई एक अध्याय अगाडि लगेको हुन्छ ।

२०४७ सालमा एकता केन्द्रको स्थापना गर्दा होस्, या २०५२ सालमा जनयुद्दको घोषणा गर्दा होस्, प्रचण्डले गरेका निर्णायक निर्णयहरुले नेपाली राजनीतिमा ठूलो हलचल मच्चायो । खासगरी २०५२ को गोल एउटा ऐतिहासि गोलको शुरुआत थियो । यसले नेपाली समाजका कैयन् मुद्दाहरुलाई सम्बोधन गर्नै पर्ने बाध्यता सिर्जना ग-यो ।

२०५२ सालको त्यो प्रहारले २०७३ मा आएर संविधान निर्माणमार्फत बिसर्जन लियो । कार्यान्वयनको अवस्था जे भएपनि यो एउटा ऐतिहासिक संविधान बन्यो । नेपाली समाजको पुनःसंरचना र शक्ति संरचनाको बिघटनको संविधान । र, यो निर्माणका लागि समेत प्रचण्डले १६ बुँदे ऐतिहासिक सहमतिदेखि कैयन् गोलहरु हान्नु परेको थियो ।

१६ बुँदेदेखि देखि संविधानको निर्माण र संविधान निर्माणदेखि एमालेसँग पार्टी एकताका बीचमा कैयन् यस्ता गोलहरु बने

 http://www.everestdainik.com

बारम्बार भन्नैपर्छ, त्यतिखेर ३३ दलीय मोर्चाले आव्हान गरेको तीन दिने नेपाल बन्दलाई बीचैमा रोकेर एमाले र कांग्रेससँग मिलेर संविधान निर्माण गर्ने प्रचण्डको निर्णय कतिपयले पचाएका थिएनन् । यस्तो पनि ? भन्ने धेरै थिए । मधेसी दलहरुले समेत यसको आलोचना गरे । तर प्रतिपक्षमा झिनो मत भएका प्रचण्डको त्यो कदम नै १६ बुँदे सहमतिको मुख्य आधार बन्यो । र, यहीँबाट शुरु भयो सहमतिको संविधान निर्माणको यात्रा । यदि यो गोल पहिलो संविधानसभाको बेला नै प्रचण्डले हानेको भए संविधानसभाको मृत्यु हुने थिएन कि ? बिडम्बना, त्यतिखेर गोल हान्ने भूमिकामा बाबुराम थिए ।

पछिल्लो उदाहरण डा. गोविन्द केसी हुन, जसमा शिक्षा मन्त्री र प्रधानमन्त्रीको मत बाझिएको कुरा स्पष्टरुपमा बाहिर सार्वजनिक भएको छ ।

१६ बुँदेदेखि देखि संविधानको निर्माण र संविधान निर्माणदेखि एमालेसँग पार्टी एकताका बीचमा कैयन् यस्ता गोलहरु बने । र, अन्तिम गोल थियो असौज १८ को ऐतिहासिक निर्णय । हिजोका दिनमा दुश्मन शक्तिका रुपमा चित्रित एमालेसँगको एकताको निर्णय । यद्यपी यो गोल त्यति सहज थिएन । त्यति सरल थिएन । यसका लागि लामो पृष्ठ खेल आवश्यक थियो । यो पृष्ठ खेलमा कैयन् पात्रहरुसँग, कैयन खेलाडीहरुलाई छक्याएर अघि बढ्नु थियो । यसरी छक्याउनु पनि सजिलो थिएन । एकताको डिफेन्समा कैयन् खेलाडीहरु थिए । इश्वर पोखरेलहरुले शुरुमैं बल खोस्ने कोशिस समेत नगरेका होइनन् ।

तर नयाँ वर्षको आगमनसँगै प्रचण्डले निर्णायकरुपमा सम्मानजनक एकता नभए बाध्यतामा रुँदैरुँदै एकता गर्नु जरुरी छैन् भन्ने सन्देश दिएपछि त्यसको एकसातापछि नै एकताको अन्तिम अभ्यास पनि सिद्दियो र पाँच, ६ महिनाको उनको गोलको कसरतले मूर्तता लियो ।

र, अहिले भने प्रचण्ड चुप लागेका छन् । सम्भवतः खेल हेरिरहेका छन् ।

पछिल्लो समयमा सरकारको हनिमून अवधि सकिएपछि सरकार र यसका मन्त्रीहरु विवादमा परेका छन् । यी विवादहरु कैयन पूर्वाग्रहले सिर्जना गरिएका छन् भने कतिपय विवाद यथार्थ समेत छन् । त्यसमा पनि पूर्व माओवादी मन्त्रीहरुले अघि सारेका कार्यक्रमहरु सरकारको नेतृत्वबाट सहर्षताका साथ स्वीकार नगरिएको कारण सरकार झनै विवादित बनेको छ । यसको कसीमा अहिलेको बजेटको समेत भूमिका रहेको छ । पछिल्लो उदाहरण डा. गोविन्द केसी हुन, जसमा शिक्षा मन्त्री र प्रधानमन्त्रीको मत बाझिएको कुरा स्पष्टरुपमा बाहिर सार्वजनिक भएको छ ।

सरकारको आलोचना बढ्दै गइरहेको सन्दर्भममा राजनीति र सरकारको काम कारवाहीलाई हेर्नेहरुले प्रचण्ड सरकारको स्मरण गर्न थालेका छन् । प्रचण्ड सरकारको पालामा प्रतिदिन विवाद सिर्जना हुन्थ्यो, आलोचना हुन्थ्यो । सरकारका कामहरुमाथि भाँजो हाल्ने षडयन्त्रको खेती निकै उर्वररुपमा थियो । यसलाई चिरेर भएपनि प्रचण्ड नेतृत्वको सरकारले कैयन् गोलहरु सरकारमा छँदा हान्न भ्यायो । बजारलाई लगाम लगाउँदै मुद्रास्फिति अर्थात् मूल्यबृद्धिमा नियन्त्रणदेखि वैदेशिक रोजगारमा गएर समस्यामा परेकालाई न्याय दिने, राष्ट्रिय गौरवका आयोजनाहरुको निरन्तर खबरदारीदेखि लोडसेडिङको अन्त्य गर्ने र समग्रमा राष्ट्रिय उत्पादनलाई ऐतिहासिक बिन्दुमा बढाएर आर्थिक बृद्धिदरको नमूना अंक हासिल गर्ने कामहरु प्रचण्ड सरकारको पालामा भएका थिए ।

अहिले आम मानिसहरुले ओली सरकारको आलोचनासँगै प्रश्न गर्न थालेका छन्– यति हुँदा पनि प्रचण्ड किन बोलिरहेका छैनन् ।

प्रचण्डले राजनीतिक इमानको उदाहरण दिँदै सहमति भए अनुसारको मितिमा नेपाली कांग्रेसलाई सत्ता हस्तान्तरण गरेका थिए । त्यसपछिको एउटा अन्तर्वार्तामा उनले एभरेष्टदैनिकसँग भनेका थिए– मैले सरकार सञ्चालनका लागि केही मापदण्ड र मानकहरु सिर्जना गर्न सफल भएको छु । अबका सरकारहरुको काम कारवाही र कार्यक्षमता यिनै मापदण्ड र मानकका आधारमा मूल्यांकन हुने छ । अहिले त्यही मानकलाई आमरुपमा स्मरण गरेर ओली सरकारको समेत मूल्यांकन हुन थालेको छ । र, मानिसहरुले प्रचण्ड सरकारले निर्माण गरेका मानकहरुभन्दा न्यून अवस्था अहिलेको सरकारको देखेर प्रचण्डको भूमिकाको चर्चा गर्न थालेका छन् ।

तर अवस्था हिजोजस्तो छैन । अहिले प्रचण्ड यही सरकारलाई समर्थन गर्ने पार्टीका अध्यक्ष छन् । सरकारको नेतृत्व उनकै पार्टीका समकक्षी अर्का अध्यक्ष केपी शर्मा ओलीले लिएका छन् । यो अवस्थामा सरकारका काम कारवाहीमा चित्त बुझे पनि नबुझे पनि सार्वजनिकरुपमा आलोचना गर्ने अवस्थामा प्रचण्ड देखिँदैनन् ।

त्यसो भए अबको उनको गोल के हुनेछ ?

यो प्रश्न भने अहिले सबैको मनमा उठिरहेको छ ।

प्रचण्डकै शब्दमा उनले राजनीतिमा कहिल्यै पनि मुख्य स्ट्राइकरको भूमिका बाहेक अन्य जिम्मेवारी लिएनन् । मुख्य स्ट्राइकरले जहिल्यै पनि खेल र खेलाडीको अवस्था, अवस्थिति र रणनीतिलाई बुझेर प्रहार गर्ने गर्दछ ।

तर पनि दैनिक राष्ट्रिय राजनीतिमा प्रचण्डको हस्तक्षेपकारी भूमिका अहिले पनि अपेक्षित छ । रमाइलो पक्ष त के छ भने राजनीतिकरुपमा प्रचण्डलाई मन नपराउनेहरुका लागि पनि उनले सशक्त र सक्रिय भूमिका निर्वाह गरिदेओस् भन्ने नै देखिन्छ ।

प्रचण्डका अगाडि अहिले दुबै पार्टीको तलदेखि माथिसम्म ससम्मान एकता प्रक्रियालाई टुंगोमा पु¥याउने जिम्मेवारी प्रधानरुपमा रहेको छ । लाखौं कार्यकर्ताहरुको सम्मानजनक व्यवस्थापन गरेपछि बल्ल उनले अर्को गोलको रणनीति निर्माण गर्छन् होला भन्न सकिन्छ ।

नेकपाका अगाडि अहिले वडादेखि केन्द्रसम्म एकता गरेर समाजवादी क्रान्तिको कार्यदिशा निर्माण गर्ने र त्यसलाई अबको एकता महाधिवेशनमा पारित गरेर नयाँ पार्टीको विकास गर्ने मुख्य जिम्मेवारी रहेको छ । यो जिम्मेवारी पुरा गर्ने मुख्य भूमिका अहिले प्रचण्डको रहेको छ । खासगरी कार्यदिशाको दिशामा सकेसम्म क्रान्तिकारीपना दिने र सम्मानजनक एकता गर्न सक्ने स्थितिमा मात्रै उनले समाजवादी क्रान्तिको आधार निर्माण गर्ने दिशामा नयाँ गोल गर्न सक्छन् । र, यो कार्यदिशा निर्माण गर्न प्रचण्डको भूमिका निर्णायक हुन्छ । त्यसैले अबको उनको गोल बाह्य राजनीतिक फिल्डमा नभएर पार्टीभित्र हुनेछ, जहाँ उनले बहुदलीय जनवाद र एक्काइसौं शताब्दीको बहसबीच नयाँ कार्यदिशाको गोल हान्नेछन् । यो गोल नेपाली राजनीतिको अर्को निर्णायक गोल हुने छ । सम्भवतः २०५२ को गोल जस्तै ।

तर पनि दैनिक राष्ट्रिय राजनीतिमा प्रचण्डको हस्तक्षेपकारी भूमिका अहिले पनि अपेक्षित छ । रमाइलो पक्ष त के छ भने राजनीतिकरुपमा प्रचण्डलाई मन नपराउनेहरुका लागि पनि उनले सशक्त र सक्रिय भूमिका निर्वाह गरिदेओस् भन्ने नै देखिन्छ । यो आधारमा हेर्दा सरकारलाई सच्च्याउने र मन्त्रीहरुलाई जनउत्तरदायी बनाउने दिशामा प्रचण्डले निर्णायक गोल हान्ने अपेक्षा आम जनताले गरेका छन् । यसले उनले हान्न खोजेको कार्यदिशाको गोललाई समेत सघाऊ पु¥याउने छ ।

कमेन्ट गर्नुहोस्