गुफामा बसेका १२ मध्ये ६ जनाको उद्धार

असार २५ । थाइल्याण्डको एक गुफामा दुईहप्ता अघिदेखि बसेको फुटबल टोलीका ६ जनाको उद्धार गरिएको छ । आइतबार अपरान्हसम्म गुफामा फसकेका ६ सदस्यको उद्धार गरिएको हो । उनीहरु १६ दिनअघि बाढी आएपछि १२ जनाको फुटबल टोली गुफामा फसेको थियो ।

हिजो साँझ गुफामा फसेकामध्ये ६ जनाको सकुशल उद्धार गरिएको हो । शुरूमा दुई बालक चार किलोमिटर लामो गुफालाई छिचोल्दै उद्धारकर्ताको सहयोगमा बाहिर आएका थिए । त्यसपछि अन्य चार जनालाई गुफाबाट बाहिर आउन सफल भएका छन् ।

उनीहरू सवैलाई उपचारका लागि अस्पताल पठाइएको छ ।  छ वालकको उद्धार गरिएको छ, उनीहरूको नाम तत्काल सार्वजनिक गर्दा बाँकी अभिभावकमा चिन्ता बढ्न सक्ने भन्दै सबैजनाको उद्धार भएपछि नाम सार्वजनिक गरिनेछ, रक्षा मन्त्रालयका एक अधिकारीले बताए ।

बाँकी बालक तथा प्रशिक्षकलाई पनि क्रमश उद्धार गरिने मन्त्रालयले जनाएको छ । -रासस

कमेन्ट गर्नुहोस्