निर्देशक अमृत महर्जन ओएस नेपाल अवार्डबाट सम्मानित

काठमाडौं । करीब २ दशकभन्दा बढी समयदेखि कलाकारिता तथा निर्देशन क्षेत्रमा क्रियाशील कलाकार तथा निर्देशक अमृत महर्जनले हालै दोश्रो ओएस नेपाल अवार्डबाट सम्मानित भएका छन ।

दुई दशकभन्दा लामो समयदेखि दर्जनौ टेलिचलचित्र, म्यूजिक भिडियो, डकुमेन्ट्री, नेवारी चलचित्रमा अभिनय तथा निर्देशन गरि नेपाली कला क्षेत्रमा प्रतिनिधित्व गर्दै आईरहेका छन अमृतले ।

आजको दोश्रो ओएस नेपाल अवार्डको नेपाल भाषा भिडियो निर्देशकको उपाधि अमृत मान महर्जनले पाएका छन् ।

दोश्रो ओ एस नेपाल म्युजिक अवार्ड उत्कृष्ट नेपाल भाषा भिडियो निर्देशकको उपाधि अमृतमान महर्जनले पाएका हुन् ।

राजधानीको राष्ट्रिय नाचघरमा सम्पन्न अवार्डमा विभिन्न विधामा मनोनयन गरिएको थियो ।

पाँचवटा नेपाल भाषाको भिडियोमध्ये पलख आसेबाट महर्जनले उत्कृष्ट भिडियो निर्देशकको उपाधि पाउन सफल भएका थिए ।

विधाबाट ज्युरी मेम्बरबाट स्लेस्क्टेड अवार्ड हात पार्दै आफु दर्शकको माया तथा प्रोत्साहन र परिवार तथा साथीभाईको सम्पूर्ण सपोर्ट, मिडियाकर्मीको सहयोग पाएकोमा सबैमा हार्दिक धन्यवाद ब्यक्त गर्न चाहन्छु ।

उनले निर्देशन गरेका टेलिचलचित्र, डर, नाता जिन्दगीको, उलचया वाखँ ठुलिचा, जस्ता दर्जनौ टेलिचलचित्र दर्शकले मन पराईसकेका छन ।

उनको हालै निर्देशन गरेको ठुलो पर्दाको चलचित्र कृमिन्ल छायांकनको क्रममा रहेको छ ।

हाम्रो तर्फबाट पनि कलाकार तथा निर्देशक अमृतमान महर्जनलाई धेरै धेरै बधाई तथा अझै सफलताको शुभकामना ।

कमेन्ट गर्नुहोस्