राजस्थानकाे तापक्रम दैनिक उकालाे लाग्दै

जयपुर । मनसुन सुरू भएपनि राजस्थानमा लामाे समय वर्षा नभएका कारण दिनप्रति दिन तापक्रम बढ्दै गएकाे छ । एक हप्ताअघि परेकाे पानीले माैसम केही चिसाे भएपनि अहिले रातीकाे तापक्रम ३२ डिग्रीभन्दा माथि पुगेकाे छ ।

 पछिल्लो एक हप्ताको क्रममा अधिकतम तापमानमा ७ देखि ८ डिग्री बढेको छ । आइतबार प्रदेशका ८ वटा शहरकाे तापक्रम ४५ डिग्री  पुगेको छ । अघिल्लो वर्षकाे जुलाईमा तापक्रम ३८ डिग्री मात्र रेकर्ड गरिएकाे थियो । कैयौं शहरमा अधिकतम तापक्रम ४० डिग्रीभन्दा माथि छ ।

१० जुलाईदेखि वर्षा हुने 

राजस्थान मौसम विभागको निर्देशक जीएस नगराका अनुसार, पश्चिमी स्थिरिकरण हुँदा मनसुन सबै प्रदेशमा सक्रिय हुन सकेको छैन। तर, १० जुलाईदेखि वर्षा हुने अनुमान गरिएको छ ।

कमेन्ट गर्नुहोस्