नयाँ प्रमुख कार्यकारी नियुक्त नभएसम्म उपसचिव अर्यालले नेप्सेको बागडोर सम्हाल्ने

काठमाडौं । नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदलाई बर्खास्त गरेको सरकारले नयाँ प्रमुख कार्यकारी नियुक्त नभएकासम्मका लागि अर्थ मन्त्रालयबाट उपसचिव रमेश अर्याललाई नेप्सेमा पठाउने निर्णय गरेको छ ।

अर्थ मन्त्रालयका सहसचिव उत्तर खत्रीले साउदलार्इ महाप्रवन्धक पदबाट हटाएसँगै नेप्सेमा महाप्रवन्धक नियुक्ती नभएसम्मका लागि उपसचिव रमेश अर्याललार्इ नेप्से पठाउने निर्णय भएको बताए ।

अर्थले तत्कालका लागि गर्नुपर्ने कामहरुलाई निरन्तरता दिनका लागि अर्थमन्त्रालय अन्तर्गतको नीति विश्लेषण महाशाखामा कार्यरत अर्यालललाई नेप्सेमा पठाएको हो।

नयाँ महाप्रवन्धक नियुक्ती नभएसम्मका लागि अर्थले प्रमुख कार्यकारीको रूपमा काम गर्ने जिम्मेवारी उप सचिव अर्यालले पाएका हुन् ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले २०७४ साल भदौ १४ गतेपछि ओली सरकार गठन हुँदासम्मको समयमा आचारसंहिता लागू रहेको बखतमा भएका सबै नियुक्तिहरु खारेज गर्ने निर्णय गरेपछि अर्थले आइतबार नेप्से प्रमुखको पद खारेजीको पत्र काटेको थियो ।

नेप्सेको सीईओ नियुक्तिका लागि गठित छनौट तथा सिफारिस समितिले १३ जना आवेदक मध्येबाट ज्योति विकास बैंकका तत्कालीन नायव कार्यकारी प्रमुख मनोज ज्ञवाली, प्राध्यापक प्रमोद शर्मा, नेपाल इन्योरेन्सका पूर्व मुख्य कार्यकारी चन्द्र साउदको नाम सरकारलाई सिफारिस गरेको थियो ।

अर्थ मन्त्रालयद्वारा गठित छनौट समितिको सिफारिसमा सरकारले गत असोज २३ गते साउदलाई चार ४ बर्षका लागि नेप्सेको प्रमुखमा नियुक्त गरेको थियो । मेरोलगानीबाट

कमेन्ट गर्नुहोस्