विश्वकप फुटबलमा बाजी लगाउने २ मुखियासहित तीनजना पक्राउ !

काठमाडौं, असार २५ । रुसमा भएरहेको विश्वकप फुटबलमा बाजी लगाउने समूहका तीन जना काठमाडौंको ठमेलबाट प्रहरीले पक्राउ गरेको छ । स्थायी घर भएका सुवास गुरुङ, काठमाडौंका मुखिया गुरुङ र मनाङका मुखिया लामालाई शनिबार पक्राउ गरेको हो।

ठमेलको एक रेस्टुरेन्टमा फुटबल हेर्दै बाजी लगाइरहेका बेला उनीहरुलाई पक्राउ गरिएको दरबारमार्ग वृत्तका डिएसपी दानबहादुर मल्लले बताए।

‘उनीहरुले डलरकार्डमार्फत अन्तर्राष्ट्रिय समूहसँग मिलेर सट्टेबाजी गर्दै आएका रहेछन्’, डिएसपी मल्लले भने, ‘अनुसन्धानका क्रममा चारपाँच लाखको कारोबार देखियो।’

पक्राउ परेका सुवास गुरुङ फुटबल खेलाडी पनि हुन्। पक्राउ परेकाहरुमाथि प्रहरीले सार्वजनिक अपराध मुद्दामा कारबाही अघि बढाएको छ।

कमेन्ट गर्नुहोस्

सम्बन्धित् समाचार  महिला साफ च्याम्पियनसीपः आज नेपाल र बंगलादेशबीच भिडन्त
%d bloggers like this: