अर्जेन्टिनाका प्रशिक्षक साम्पोलीको भविष्यमा कालो बादल !

रुसमा जारी विश्वकप फुटबलमा अर्जेन्टिनाले नराम्रो हार बेहोरेपछि त्यसका प्रशिक्षक प्रशिक्षक जर्ज साम्पोलीलाई निकै तनाव छ । टिम अगाडी नबढ्दा अहिले उनको व्यापक आलोचनासमेत भएको छ । अब प्रशिक्षक साम्पोली अर्जेन्टिनाको टिममा राख्ने कि नराख्ने भन्नेबारे बहस शुरु भएका छन् ।

यसैबीच प्रशिक्षक साम्पोली टिममा रहने नरहनेबारे यसै जुलाइको अन्त्यमा हुँदै छ । उनलाई टिमको प्रशिक्षकमा राख्ने कि हटाउने भन्नेबारे निर्णय जुलाइ अन्त्यमा हुने अर्जेन्टिनी फुटबल फेडेरेसनले जनाएको छ ।

रसिया विश्वकपको प्रिक्वार्टरफाइनलबाट नै बाहिरीएको अर्जेन्टिनाको कमजोर प्रदर्शनमा प्रशिक्षक साम्पोली दोषी रहेको ठहर टिमका खेलाडीले आरोप लगाएका थिए । जसका कारण समूह चरणको खेलमा नै उनलाई खेलाडी छान्ने जिम्मेवारीबाट नै हटाइएको थियो ।

५८ वर्षीय साम्पोली विश्वकप लगत्तै टिमबाट राजिनामा दिने संम्भावना धेरैलाई थियो तर उनले अर्जेन्टिनाको यू-२० टिमलाई प्रशिक्षण दिने जिम्मेवारी पाएका छन् । जुन २८ जुलाई देखि स्पेनमा हुँदैछ । जसका कारण उनको राष्ट्रिय टिमको जिम्मेवारीका बारेमा जुलाईको अन्तिममा गरिने भएको छ ।

अर्जेन्टिनाले सेप्टेम्बर ६ मा ग्वाटेमालासँग मैत्रीपूर्ण खेल खेल्दैछ । चिलीका पूर्व प्रशिक्षक साम्पोलीले २०१७ देखि अर्जेन्टिनी टिमलाई सम्हालेका थिए । जसमा उनको टिम विश्वकपको छनोट चरणमा पनि निकै संघर्ष गरेर अन्तिममा छनोट भएको थियो । -एजेन्सी

कमेन्ट गर्नुहोस्