शिक्षक सेवा आयोग तयारी: के गर्ने परीक्षाको दिन?

(नियमित शृंखलाको तेस्रो भाग)

एभरेस्ट दैनिकडट कमले शिक्षक सेवा आयोगमा प्रतिस्पर्धा गर्न लागेका उम्मेदवारहरूका लागि परीक्षा तयारी विषयक आलेख तयार पारेको छ। यो आलेख तीन खण्डमा प्रकाशित हुँदैछ । र पाठकीय चासोलाई ध्यानमा राख्दै आगामी दिनहरूमा केही विषयगत तयारीका तरिकाहरू खोतल्ने प्रयास पनि हाम्रो रहनेछ। उक्त आलेखको प्रथम  र  द्वितीय भाग यस अघि नै प्रकशित भैसकेका छन् । प्रस्तुत छ उक्त शृंखलाको तेस्रो  भाग:

परीक्षाको दिन

कुनै पनि परीक्षाको पूर्व तयारी जति आवश्यक छ त्यति नै आवश्यक छ परीक्षाको दिनको व्यवस्थापन। चाहे विद्यार्थीका लागि होस् चाहे अन्य प्रतियोगी परीक्षार्थीका लागि परीक्षा ठुलो मनोवैज्ञानिक बोझका रूपमा रहेको हुन्छ। अधिकांश व्यक्तिहरू यस्तो अवस्थामा अनावश्यक मनोवैज्ञानिक तनावको शिकार हुने गर्दछन् जसले उनीहरूको प्रदर्शनलाई प्रभावित गर्न सक्दछ।

असफलता भनेको एउटा तरिका नचलेको मात्र हो तर त्यसको विकल्प हुन्न भन्ने चाहिं हुँदै होइन।

तनाव व्यवस्थापन गर्नुहोस् 

यस समय सबैभन्दा पहिलो आवश्यकता भनेको नै तना व्यवस्थापन हो। तनाव व्यवस्थापनका लागि सबैभन्दा पहिले वस्तुस्थितिलाई आत्मसात गर्ने र सो अनुरुप आचरण गर्नु नै सबैभन्दा बुद्धिमानी हो। कतिपय परीक्षार्थीहरू विषयवस्तुमा राम्रो पकड भएर पनि परीक्षा बिगार्ने गर्दछन्। उनीहरूको ध्यान प्रश्नपत्रमा जानुभन्दा पहिल्यै सम्भाव्य नतिजाको नकारात्मकता तिर जानाले समेत यस्तो हुने गर्दछ।

मनन गर्नु पर्ने कुरा के छ भने हामी हरेक दिन कुनै न कुनै परीक्षा दिइरहेका छौँ। फरक यतिमात्र हो की सबै परीक्षाहरू एउटा बन्द कोठाभित्र परिवेक्षकहरू अगाडि हुँदैनन्।  परीक्षाको दिनको तयारी के कस्तो हुने त भन्नेबारे समेत छोटो चर्चा गरिहाल्नु ठीक होला।

आत्मविश्वास सबैभन्दा ठूलो अस्त्र

यसको पहिलो सूत्र हो आफ्नो आत्मविश्वास डगमगाउन नदिने। तपाईंको आत्मविश्वासलाई कमजोर र्न सानासाना कुराहरूको समेत यत्तिकै भूमिका रहेको हुन सक्छ।  हुनसक्छ केही साथीहरू परीक्षा निष्पक्ष नहुने भएकाले मेहनत गर्नु बेकार रहेको भन्न सक्छन् या यस्ता प्रतियोगितामा सफल हुन साह्रै गाह्रो हुने तर्क दिन सक्छन्।

परीक्षा एक किसिमको मानसिक युद्ध हो। यसमा विजयको प्रथम मन्त्र भनेको हो प्रश्नको प्रकृति र विषयवस्तुबारे राम्रो ज्ञान। त्यसका साथै परीक्षा भवनभित्र हुनसक्ने मनोवैज्ञानिक अभिघातबाट समेत बच्नु पर्ने हुन्छ र यसका लागि सकारात्मक सोच नै एक मात्र तरिका हुन सक्छ। सकारात्मक सोचको चमत्कारिक असर हुने गर्दछ।

यी सबै बाहियात कुरा हुन् कमसे कम त्यस बेला जब तपाईं महिनौंको तयारीपछि परीक्षा भवनमा हुनुहुन्छ। सकारात्मक सोच लिएर परीक्षामा बस्ने र प्रत्येक प्रश्नको उत्तर दिँदा सफल हुने सम्भावना अत्यधिक रहन्छ।

प्रभावोत्पादक भाषाशैली

हो, उत्तर लेख्दा समेत केही कुरामा भने ध्यान दिनै पर्छ। प्रभावशाली शैली चयन र सहज सम्प्रेषणीय तर स्तरीय भाषाको प्रयोग राम्रो उत्तरको पहिलो सर्त हो। सरल भन्दैमा अति सामान्य भाषाको प्रयोग र स्तरीय भन्दैमा असामान्य क्लिष्ट शब्दावलीको प्रयोगले हाम्रो प्रस्तुतिकरणको ओज घटाइदिने हुन्छ।

तथ्यहरूको सटीक प्रस्तुति

त्यस्तै तथ्यहरू प्रस्तुत गर्ने, अधिकारिक स्रोहरू उल्लेख गर्ने र झारो टार्ने पाराका उत्तर नलेख्ने गर्नाले पनि राम्रो नतिजा ल्याउन सकिन्छ। त्यस्तै उत्तरपुस्तिकामा अनावश्यक केरमेट नगर्ने, उत्तर टुंग्याउँदा समेत सकेसम्म प्रश्नले सोधेको कुराको समग्र निचोड पेस गर्ने गर्नाले समेत फाइदा पुग्न सक्छ।

आत्तिने किन?

परीक्षा एक किसिमको मानसिक युद्ध हो। यसमा विजयको प्रथम मन्त्र भनेको हो प्रश्नको प्रकृति र विषयवस्तुबारे राम्रो ज्ञान। त्यसका साथै परीक्षा भवनभित्र हुनसक्ने मनोवैज्ञानिक अभिघातबाट समेत बच्नु पर्ने हुन्छ र यसका लागि सकारात्मक सोच नै एक मात्र तरिका हुन सक्छ। सकारात्मक सोचको चमत्कारिक असर हुने गर्दछ। यदि सकारात्मक नतिजाको अपेक्षाका साथ परीक्षा भवनभित्र पस्नु भयो भने त्यसको नतिजा पनि सकारात्मक नै हुन्छ।

हामी हरेक दिन कुनै न कुनै परीक्षा दिइरहेका छौँ। फरक यतिमात्र हो की सबै परीक्षाहरू एउटा बन्द कोठाभित्र परिवेक्षकहरू अगाडि हुँदैनन्।

त्यसको ठीक विपरित यदि हुँदैहुन्न, सब बेकार हो, केही हुन्न जस्ता नकारात्मक तरङ्गहरूका साथ परीक्षा भवन पस्नु भनेको हार्ने मनस्थितिका साथ युद्धभूमिमा जानु जस्तै हो। याद राख्नुस् म त हारिहाल्छु, बन्दुक पनि पड्किन्छ कि पड्किन्न भन्ने मानसिकता लिएर युद्ध मैदानमा गएको सिपाहीको गलामा विजयको हार पर्न सक्दैन।

अनुभवबाट सिकौं  

यदि तपाईंलाई यस अघि शिक्षक सेवा आयोगको परीक्षामा असफल हुनु भएको छ भने तपाईं पूर्व असफलतालाई पाठको रूपमा लिन सक्नुहुन्छ। प्रसिद्ध वैज्ञानिक थोमस अल्बा एडिसनका एकपछि अर्को गरेर एक हजार प्रयोग असफल भए रे तर उनले हार मानेनन्। भनिन्छ तपाईंका प्रयोग त सफल भएनन् नि? भन्ने पत्रकारको जिज्ञासामा उनले भनेका थिए मेरा ती प्रयोग असफल भएका होइनन् बरु तिनबाट मैले एक हजार त्यस्ता तरिका पत्ता लगाएको छु जुन साँच्चिकै कम नलाग्ने छन्। त्यस्तै असफलता भनेको एउटा तरिका नचलेको मात्र हो तर त्यसको विकल्प हुन्न भन्ने चाहिं हुँदै होइन।

‘प्लान- बी’ लिएर हिँड्ने

आवश्यक छैन हामीले खोजेका गाइड, गेसपेपर या अन्य पाठ्यसामग्रीमा कतै नभेटिएको प्रश्न मात्रै सोधियोस्। यस्ता प्रतियोगिताहरूमा सबैभन्दा राम्रो उम्मेदवार छान्नु पर्ने हुने भएकाले प्रश्नहरूको जटिलता अनपेक्षित होइन। त्यसैले हामीले बनाएको योजना अनुरुप प्रश्न आएन भने पनि मन आत्तिने सम्भावना रहन्छ। विशेष गरेर विषयगत परिक्षामा यस्तो भएको खण्डमा हामीले तुरुन्त वैकल्पिक योजना अनुसार चल्नुपर्ने हुन्छ। यस्तो अवस्थामा सो प्रश्न कुन पाठ्यखण्डबाट सोधिएको हो पत्ता लगाई उत्तर लेखिहाल्नु पर्दछ।

सबै प्रश्न हल गर्ने

प्रश्नपत्रमा सोधिएका सबै प्रश्नहरूको उत्तर लेखिएन भने सम्भावना न्यून रहन्छ जबकि सबै प्रश्न हल गरेको खण्डमा यो बढेर जान्छ। अर्थात् छ प्रश्न मध्ये तीन प्रश्नको उत्तर अद्वितीय ढङ्गले दिने र बाँकी एक प्रश्नको सामान्य उत्तर दिएर दुई प्रश्न छोड्ने परीक्षार्थीको भन्दा सबै प्रश्नको औसत उत्तर दिने विद्यार्थी सफल हुने सम्भावना बढी रहन्छ।

म त हारिहाल्छु, बन्दुक पनि पड्किन्छ कि पड्किन्न भन्ने मानसिकता लिएर युद्ध मैदानमा गएको सिपाहीको गलामा विजयको हार पर्न सक्दैन।

समय व्यवस्थापन

कतिपय परीक्षार्थीको जिज्ञासा के हुन्छ भने उत्तर कति लामो लेख्ने? यसको उत्तर हो पुगे जति। उत्तर कति लामो लेख्ने भन्ने कुरा तपाईंको लेख्ने गति कति छ भन्ने कुरामा भर पर्दछ। यदि छिटो छिटो लेख्ने बानी छ भने तुलनात्मक रूपमा लामो उत्तर लेख्दा फरक नपर्ला अन्यथा ठिक्कको उत्तर लेख्नु नै राम्रो हो। तर अति थोरै लेख्दा भने अपेक्षित फाइदा हुँदैन। तर कुनै पनि हालतमा धेरै लामो उत्तर लेख्ने नाममा अरु प्रश्नसँग भने सम्झौता गर्न सकिन्न।

कमेन्ट गर्नुहोस्