नेपालले पहिलो एकदिवसीय म्याच नेदरल्याण्डसँग साउन १६ मा खेल्ने

काठमाडौं, असार २६ । नेपालले एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटको पहिलो शृङ्खला नेदरल्याण्ड्ससँग आगामी साउनमा खेल्ने भएको छ । साउन १६ र १८ गते नेपालले नेदरल्याण्ड्ससँग उसकै घरेलु मैदानमा खेल नेदरल्याण्ड क्रिकेट बोर्डले पुष्टी परेको छ।

केही समयअघि जिम्बाबेमा सम्पन्न विश्वकप छनोट प्रतियोगिताबाट नेपालले पहिलो पटक एक दिवसिय अन्तर्राष्ट्रिय मान्यता पाएको थियो ।

त्यसअघि इङ्ल्यान्डको लर्ड्स क्रिकेट मैदानमा जुलाई २९ ( साउन १३) मा नेपाल, नेदरल्यान्ड्स र मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) बीच त्रिकोणात्मक टी–२० शृङ्खला हुने छ । त्यसपछि नेपालले नेदरल्यान्ड्स गएर दुई वटा एक दिवसीय खेल खेल्ने बताइएको छ ।

तर अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी)ले नेपालको क्रिकेट संघमाथि निलम्बन लगाएको अवस्थामा नेपाली टोलीले कहिले र कोविरुद्ध एक दिवसीय क्रिकेट खेल्छ भन्ने अन्योल थियो।

यो नेपालले एक दिवसीय मान्यता पाएपछि यो पहिलो पहिलो एक दिवसीय अन्तर्राष्ट्रिय प्रतियोगिता हुनेछ। यस्तै नेदरल्याण्डका लागि पनि सन् २०१४ पछिको पहिलो एक दिवसीय प्रतियोगिता हो। दुई खेलहरू भोर्गबर्ग सिसि र भिआरए मैदानमा हुने भएको छ।

नेदरल्याण्डले त्यसयता एक दिवसीय मान्यता गुमाएको थियो। तर सन् २०१५ मा विश्व क्रिकेट लिग च्याम्पियनसिपको उपाधि जितेसँगै पुनः एक दिवसिय मान्यता पाएको हो।

यसैबीच युरोप भ्रमणमा हुने नेपाली टोलीले अर्को पनि एक दिवसीय सिरिज खेल्ने सम्भावना रहेको छ। क्रिकेट सम्बन्धी समाचार साइट क्रिक इन्फोका अनुसार स्कटल्याण्डसँग पनि नेपालले वान डे सिरिज खेल्नेबारे संभावना रहेको बताएको छ । तर यसको अन्तिम टुंगो भने लागि सकेको छैन ।

कमेन्ट गर्नुहोस्